बाँकेमा बाढीपीडितको घर बनाउँदै जापानी विद्यार्थी

१ फाल्गुन २०७५, बुधबार १३:५३
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका फत्तेपुरका बाढीपीडितको घर निर्माणमा जापानी विद्यार्थी खटिएका छन् । घर निर्माणमा २० देखि २३ वर्षका युवायुवती सेतो हेलमेट लगाएर खटिरहेका छन् ।
उनीहरु जापानको क्वान्सी गाकुइन विश्वविद्यालयबाट खटिएका स्वयंसेवी विद्यार्थी रहेको हेविटाटका नेपाल बाढी प्रकोप प्रतिकार्य कार्यक्रम संयोजक साजन महर्जनले बताए । जनश्रमदान गर्ने १५ छात्रा र ११ छात्र रहेका छन् । जापानी विद्यार्थीले दश दिन लगाएर आठ वटा घरको डिपिसी तयार पारेका छन् । उनीहरुले बालुवा, गिट्टी, मोरङ, इँटा, ढुंगा ओसार्नुका साथै सिमेन्ट घोल्ने, मसला बोक्ने, माटो पटान गर्नेलगायतका काम गर्दै आएका छन् ।
ती विद्यार्थीहरु आफूले दिएको रकमबाट निर्माण भइरहेको बाढीपीडितको घर अनुगन गर्न आएका हुन् । यही क्रममा घर निर्माणको काममा सहभागी भएको संयोजक महर्जनले बताए । जापानबाट आएका विद्यार्थीले घर बनाउन सहयोग गरेर धेरै गुन लगाएको राप्तीसोनारी गाउँपालिका–६, कमैयाडाँडाका बाढीपीडित गोपीलाल चौधरीले बताए ।
घर बनाउन जनश्रमदान गरेर स्वयंसेवकले बाढीपीडितको रकम बचत गरिदिएको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकबहादुर थारुले बताए । रकम नभएर घर बनाउन समस्या भइरहेका बेला जापानी विद्यार्थीले स्वयंसेवकको रुपमा काम गरेर बाढीपीडितको पीडामा मलम लगाएको वडाध्यक्ष थारुले टिप्पणी गरे ।

Next Post

हत्कडीसहित फरार दमाईलाई गोली हानेर पक्राउ

१ फाल्गुन २०७५, बुधबार १३:५३
सदरलाइनडटकम, कैलाली : हत्कडीसहित भागेका दिल्प दमाईंलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । कैलाली जिल्ला अदालत परिसरबाट मंगलवार दमाई हत्कडीसहित फरार भएका थिए । कैलाली लम्कीचुहाका दमाई बलात्कारको अभियोगमा गत सोमवार पक्राउ परेका थिए । उनलाई धनगढीको बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर […]