बर्दियाको राजापुर क्षेत्रको विकासमा प्रदेश सरकारको विषेश चासो छ : मन्त्री केसी

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १८:५६
 

राजापुर (बर्दिया) :  बर्दियाको राजापुर क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले बताएकी छन । बिहीबार राजापुरमा रहेको किसान माध्यमिक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन ।

प्रदेशको पश्चिम क्षेत्रमा रहेको राजापुर क्षेत्रको विकासमा लुम्बिनी सरकार प्रतिबद्ध रहेको मन्त्री नमुनाको भनाई थियो ।

‘लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिम क्षेत्रमा पहिले राजापुर टापुका रुपमा चिनिने अहिलेका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेका छन’ उनले भनिन, ‘यहाँ रहेका दुवै पालिकाको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।’


अन्नको भण्डारको रुपमा चिनिने राजापुर क्षेत्र समेत गुलरिया र नेपालगञ्जको पथमा लम्किरहेको बताउँदै मन्त्री नमुनाले अझै गर्नुपर्ने कामहरु धेरै रहेको बताईन । यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिबद्धता जनाउदै भनिन‘‘यो क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य विकासको लागि लुम्बिनी सरकार र मेरो व्यक्तिगत रुपमा पूर्ण सहयोग हुन्छ । यहाँबाट योजना ल्याएर आउनुहोला । लुम्बिनी प्रदेश सरकारको तर्फबाट सहयोग हुन्छ ।’

राजापुर क्षेत्रमा कृषिको राम्रो सम्भावना रहेको बताउँदै उनले तीनै तहका सरकारहरु मिलेर किसानहरुको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता औल्यादै मन्त्री नमुनाले व्यवहारिक शिक्षालाई सबै विद्यालयहरुले अगाडि बढाउनुपर्नेमा जोड दिईन । विद्यालय स्तरबाट व्यवहारिक शिक्षा दिन सकिए रोजगारीका धेरै आयाम खुल्ने उनको दाबी छ ।

‘देशका धेरै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएका छन’ मन्त्री नमुनाले भनिन्, ‘यस्ता कार्यक्रम धेरै भन्दा धेरै विद्यालयहरुमा लागू गर्नुपर्छ । प्रदेश सरकारले समेत यसमा लगानी गर्छ ।’

हातमा सीप भए पढाईपछि सहजै रोजगारी र व्यवसाय गर्न सहज हुने उनले दाबी गरिन । राजापुर क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकार सकारात्मक रहेको मन्त्री नमुनाले बताईन । ‘यहाँ एउटा प्राविधिक शिक्षालयको आवश्यकता देखिन्छ’ उनले भनिन, ‘राजापुर नगरपालिकाले सिफारिस गरेर पठाएको रहेछ । मन्त्रिपरिषद् विस्तार भएपनि प्रक्रिया अगाडि बढाउन भूमिका खेल्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशमा बढीमा दस मन्त्रालय बनाइने

१२ माघ २०७९, बिहीबार १८:५६
नेपालगञ्ज : लुम्बिनी प्रदेशमा मन्त्रीको संख्या १० भन्दा नबढ्ने गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । अरू प्रदेशमा मन्त्रालयको संख्यामा कटौती गरी मन्त्रिपरिषद् विस्तार हुँदै गर्दा लुम्बिनीमा भने मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । सत्ता साझेदार दलभित्र मन्त्रीका आकाँक्षी धेरै भएकाले मन्त्रालय भागबन्डा मिलाउन मुख्यमन्त्रीलाई कठिन भएको बताइन्छ । मुख्यमन्त्री […]