३५ लाख ४४ हजार सहित दुई भारतीय पक्राउ

२२ फाल्गुन २०७५, बुधबार १९:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जबाट ३५ लाखबढी नेपाली रुपैयासहित दुई भारतीय पक्राउ परेका छन् ।
नेपालगञ्जको टागा स्टेण्ड नजिकबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले ठूलो परिमाणमा नेपाली रुपैयासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा रहेका प्रहरी निरिक्षक दिपक मल्लले दिएको जानकारी अनुसार दुई भारतीय नागरिकको साथबाट ३५ लाख ४४ हजार नगद रुपैया शरिरको विभिन्न भागमा लुकाएर हिडेको अवस्थामा प्रक्राउ गरिएको हो ।
प्रहरीले त्यो रुपैयाँ कहाबाट अयो भन्ने विषयमा अनुसंधान गदै मुचुल्का उठाइ राखेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

Next Post

वलीको गम्भीर ध्यानाकर्षण

२२ फाल्गुन २०७५, बुधबार १९:०३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके कोहलपुर–१० बिद्यानगरका खोपिराम वलीले आफ्नो नाम नेकपा (विप्लव समुह निकटको) नेपाल राष्ट्रिय प्राध्यापक संघठनसँग जोडिएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती जारी गरी जनाएका छन् । नेकपा विप्लव समुह निकट नेपाल राष्ट्रिय प्राध्यापक सघठनको राष्ट्रिय सम्मेलनले केन्द्रीय सचिवमा मनोनित गरेको भन्ने कुरा विभिन्न सञ्चार माध्यामबाट जानकारी भए […]