लागूऔषधसहित बाँकेमा दुईजना पक्राउ

सदरलाइन संवाददाता ११ जेष्ठ २०७९, बुधबार १७:०९
 

नेपालगञ्ज : लागूऔगाधसहित बाँकेमा दुईजना पक्राउ परेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका दुई जना पक्राउ परेका हुन् । मंगलबार बेलुका भारतको रुपईडिहाबाट नेपालगञ्ज आउँदै गर्दा दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ का १८ वर्षीय रोहित र सन्जु परियार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ९० ट्याबलेट नाइट्रोजेपाम र २० ट्याबलेट ट्रामवेल गरी ११० ट्याबेलट बरामद गरेको छ ।


उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी वरिष्ठ नायव निरीक्षक माधवप्रसाद रिजाल र लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षकको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । दुबै जनामाथि थप अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत बहुमुखी क्याम्पसको लेखा शाखामा तालाबन्दी

११ जेष्ठ २०७९, बुधबार १७:०९
सुर्खेत : विद्यार्थीको ढाँड सेक्ने गरी सुर्खेत बहुमुखी क्याम्पसले शुल्क बढाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी कयाम्पसले विद्यार्थीको ढाँड सेक्ने गरी शुल्क बढाएको हो । क्याम्पसले शुल्क बढाएसँगै विद्यार्थीले विरोध जनाएका छन् । क्याम्पसले यहीँ जेठ ५ गतेदेखि लागु हुने […]

सम्बन्धित