संघीय सरकारको ३५ लाख बजेटबाट ब्यापारिक भवन निर्माण सुरु

सदरलाइन संवाददाता १० चैत्र २०७८, बिहीबार १९:३०
 

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका १८ कारकादोस्थित माध्यमिक विद्यालय लग्दहवामा माबी तहमा एकजना मात्रै दरबन्दी छ । चारवटा विद्यालय रहेको यो वडामा माबी तहको यो एउटा मात्र विद्यालय हो ।

तर यहाँ माबीमा तहमा एक जनामात्रै दरबन्दीमा शिक्षक हुँदा पठनपाठनमा समस्या छ । माबी दरबन्दी बढाउन उपमहानगरपालिका संग भनेपनि पूरा भएन ।


निजि स्रोतमा शिक्षक राख्न वडा कार्यालय संग बजेट अभाव छ । त्यसैले वडा कार्यालयले संघीय सरकारको ३५ लाख बजेटबाट ब्यापारिक भवन निर्माण सुरु गरेको छ । सो भवनको बुधबारवडाअध्यक्ष दीपककुमार बर्माले शिलान्यास गरेका छन् ।

६ कोठे सो भवन आगामी असार मसान्तसम्म सक्ने लक्ष्य छ । उक्त भवन भाडामा दिइने छ । त्योबाट आउने रकमले करारमा शिक्षक थप गरिनेछ ।

जसका कारण वडाका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने छ्न । यस्तै यहि वडाको पाटेश्वरी प्राबी भुजेइ गाउँको विद्यालयको भवन निर्माण गरिने भएको छ । प्रदेश सरकारको २० लाखको लागतमा भवन निर्माण हुने वडाअध्यक्ष वर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिलो दिनको खेलमा पुलिस र आर्मी विजयी

१० चैत्र २०७८, बिहीबार १९:३०
नेपालगञ्ज :  नेपालगञ्जमा सुरु भएको आठौं प्रधानमन्त्री कप महिला आमन्त्रण भलिबल प्रतियोगितामा पहिलो दिनको खेलमा नेपाल पुलिस क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा आयोजक लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा हराउँदै पुलिसले विजयी सुरुवात गरेको हो । लुम्बिनीलाई पुलिसले २५–१४, २५–१३ […]

सम्बन्धित