परीक्षामा नाम र फोन नम्बर लेखेको भन्दै २१ परीक्षार्थीलाई कारबाही

सदरलाइन संवाददाता १९ भाद्र २०७९, आईतवार १४:५९
 

नेपालगञ्ज : प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा आफ्नो नाम र फोन नम्बर लेख्ने सुदूरपश्चिमका सात सहित २१ जना परिक्षार्थी कारबाहीमा परेका छन् ।

आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६÷०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौँ तह र सवइन्जिनियर पदका लागि २०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो ।


सो परीक्षामा रोल नम्बर ३३९० सोरु गाउँपालिका–१ मुगुका राजेन्द्र शाहीले उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेका छन् भने अन्य २० जनाले भित्रि पृष्ठमा नाम र रोल नम्बर लेखेको आयोगले जनाएको छ ।

आयोगका अनुसार शाहीलाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही र अन्य २० जनालाई १ वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ । प्रदेश लोकसेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ’ख’ बमोजिम उनीहरूलाई कारबाही गर्ने निणर्य गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बढैयाताल ३ का वडाध्यक्षमाथि बलात्कारको आरोप

१९ भाद्र २०७९, आईतवार १४:५९
बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका–३ का वडाअध्यक्ष लल्लन यादवविरुद्ध एक जना महिलाले जबर्जस्ती करणी गरेको भन्दै प्रहरी समक्ष जाहेरी दिइएकी छन् । इलाका प्रहरी कार्यालय, मैनापोखरका प्रहरी निरीक्षक कमल क्षेत्रीले करिब २९ वर्षीया महिलालाई वडाअध्यक्ष अहिरले जबर्जस्ती करणी गरेकोले कारबाहीका लागि जाहेरी दिएको बताए । प्रहरी निरीक्षक क्षेत्रीले वडाअध्यक्ष यादव […]