बाँकेमा ५८ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३ माघ २०७८, सोमबार १६:२३
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ७२ नमुना जाँच गर्दा थप ५८ जनामा भाइरस संक्रमण देखिएको हो ।

भेरी अस्पतालमा ३५ नमुना जाँच गर्दा १९, मेडिकल कलेज कोहलपुरमा ६८ नमुना जाँच गर्दा १९ र बागेश्वरी ल्यावमा ६९ नमुना जाँच गर्दा २० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९–व्यवस्थापन केन्द्रले जनाएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४६ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ६ सय ९४ पुगेको छ । यस्तै ८ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ७१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकजनाको ज्यान गयो

३ माघ २०७८, सोमबार १६:२३
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा सोमवार थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दाङकी ४१ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ की ती महिलालाई पुष ३० गते कोभिड पुष्टि भएको थियो । उनी त्यसैदिन भेरीको आइसोलेशन […]