पर्यटनमन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

१५ फाल्गुन २०७५, बुधबार १४:५२
 
फायल तस्बिर

सदरलाइनडटकम,
काठमाण्डौ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलीकप्टर दुर्घटनामा परेको छ । उनी सवार एयर डायनिस्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिए ।
हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको कार्यालयका कर्मचारी युवराज दाहाल, पर्यटन मन्त्रालयका विरेन्द्र श्रेष्ठ, पिएसओ अर्जुन घिमिरे र विपेन्द्र प्रसाद चढेको जानकारी प्राप्त भएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ । हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन ।

Next Post

नेपालगञ्ज प्रादेशिक महोत्सव तीन दिन सारियो

१५ फाल्गुन २०७५, बुधबार १४:५२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा फागुन १६ गतेदेखि हुने भनिएको प्रादेशिक महोत्सव तीन दिन पर सारिएको छ । उद्योग बाणिज्य संघको आयोजनामा बिहीवारदेखि शु हुने भनिएको प्रादेशिक महोत्सव बर्षाका कारण सारिएको हो । महोत्सव अब १९ गतेदेखि शुरु हुने नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए । संघले आज […]