स्वास्थ्यप्रति डुडुवाका महिला सचेत हुँदै

१४ भाद्र २०७६, शनिबार १८:३१
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा घरमै बच्चा जन्माउने महिलाहरुको संख्यामा कमी आएको तथ्यांकले जनाएको छ । आर्थिक वर्ष २०७८ सम्म घरमा बच्चा जन्माउने दर शुन्यमा झार्ने लक्ष्य अनुसार सचेतनामुलक अभियान तथा प्रसुती सेवालाई प्रभावकारी व्यवस्थापन गरिएपछि दर घटदै गएको पाइएको छ । गाउँपालिका शिक्षा शाखाद्वारा आयोजित स्वास्थ्यस्तरीय गत वर्षको बार्षिक समीक्षा कार्यक्रममा गरिएको प्रस्तुतीकरणमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
तथ्यांकअनुसार अहिले ९० प्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ, भने बाँकी १० प्रतिशतलाई शुन्यमा झारेर शतप्रतिशत बनाउने शिक्षा शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार गत वर्षको समिक्षामा खोप, परिवार नियोजन र निशुल्क प्रयोगशालामा राम्रो प्रगति भएको छ । शनिवार सम्पन्न समीक्षा कार्यक्रममा चालु आर्थिक वर्षमा परिवार नियोजन, खोप, आमा सुरक्षा कार्यक्रम र औलो रोग नियन्त्रणका लागि विशेष कार्यक्रमको निमार्ण गरि पहिलो प्राथमिकता दिइने शाखा प्रमुख बुढाले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गाउँपालिकामा रहेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शुरुकै वर्षदेखि स्वास्थ्य सेवा अभियान संचालन गरिएपछि स्वास्थ्य क्षेत्रमा सुधार आएको जिकिर गरे । उनले अहिले निःशुल्क स्वास्थ्य प्रयोगशालामा विरामीहरुको चाप निकै बढेको र तत्काल रोगको पहिचान भई उपचार सेवा लिन सहज भएको बताए । गाउँपालिका औलो रोगको उच्च जोखिममा रहेकाले त्यसको न्युनीकरण र बच्ने उपायका बारेमा गाउँपालिकाले विषेश कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष चौधरीले बताए ।
कार्यक्रममा उपाध्यक्ष साहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धिताल, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगदबहादुर शाही, वडाध्यक्ष गजेन्द्र कैरातीले स्वास्थ्य सेवा, समस्या र सुधारलगायतका विषयमा धारणा राखेका थिए । समीक्षा कार्यक्रममा गाउँपालिकाअन्तर्गत रहेका ६ वटै स्वास्थ्य चौकीका इञ्चार्ज, फोकल पर्सन, स्वास्थ्य व्यवस्थापन समिति, नागरिक सामाजलगायतको सहभागिता रहेको थियो ।

Next Post

‘नाचौं तीज’को भोली फाईनल प्रतियोगिता हुने

१४ भाद्र २०७६, शनिबार १८:३१
सदरलाइनडटकम, नेपालगञ्ज : कृष्णसार एफएमको ‘नाचौं तीज’ प्रतियोगिताको सिजन ७ को फाइनल प्रतियोगिता आईतवार हुने भएको छ । नेपालगञ्जमा हुने फाइनल प्रतियोगितामा विभिन्न अडिसनमा छानिएका जम्मा २८ वटा समुहले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक माधव अधिकारीले जानकारी दिए । भदौ ९ गते बर्दियाको मधुवनमा भएको पहिलो अडिशनवाट ५ जना, बर्दियाकै गेरुवामा […]