भेरीको परीक्षणमा २३३ मा कोरोना पुष्टि

सदरलाइन संवाददाता १५ बैशाख २०७८, बुधबार १३:३४
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेसहित अन्य जिल्लाका गरी २३३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बैशाख १३ गते संकलन गरिएका २८८ जनाको स्वाबको नमुना जाँच गर्दा बुधबार २३३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसमध्ये, १३९ जना पुरुष र ९४ जना महिला रहेका छन ।

संक्रमितहरु बाँकेका २०८ जना, बर्दियाका १३ जना, कैलालीका २ जना, दाङका २ जना र अन्य जिल्लाका ८ जना रहेको अस्पतालले जनाएको छ ।

बाँकेका २०८ संक्रमितमध्ये १८२ जना नेपालगञ्ज उपमहानगरपालिका भित्रका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढुङ्गाले थिचेर श्रीमतीको हत्या

१५ बैशाख २०७८, बुधबार १३:३४
दाङ : दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् । मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी […]

सम्बन्धित