पाँच बर्षभित्र नरैनापुरको मुहार फेरिन्छ : मन्त्री राई

२५ कार्तिक २०७५, आईतवार १८:२६
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले ५ बर्षभित्रमा नरैनापुरको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
मन्त्री भएपछि पहिलोपटक नरैनापुर पुगेका मन्त्री राईको स्वागतका लागि गाउँपालिकाले गरेको कार्यक्रममा बोल्दै राईले विकासमा पछाडी परेको नरैनापुरलाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लाग्ने दृढता ब्यक्त गरे ।
बस्ती सुधार कार्यक्रमअन्तर्गत् नरैनापुरलाई स्मार्ट भिलेज बनाइने बताउँदै उनले प्रदेश ५ मा ४ वटा स्मार्ट भिलेज बनाउने कार्यक्रम रहेकोमा बाँकेमा नरैनापुर र डुडुवामा स्मार्ट भिलेज बनाउने योजना परेको जानकारी दिए ।
जनता आवास कार्यक्रमअन्तर्गत् यो बर्ष नरैनापुरका ३ सय परिवारलाई आवास दिइने उनले बताए । जनता आवास कार्यक्रमअन्तर्गत् फूसलाई छानामा परिणत गर्ने र अति विपन्नलाई घर बनाएर दिइने मन्त्री राईले जानकारी दिए ।
जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले नरैनापुरको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्कता औंल्याए । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको विकास र समृद्धिका लागि आफू क्रियाशील रहेको बताउँदै बघौडालाई विशेषरुपमा हेर्न मन्त्री राईको ध्यानाकर्षण गराए ।

Next Post

१७ सडक दुर्घटनामा ३ ले ज्यान गुमाए १३ गम्भीर घाइते

२५ कार्तिक २०७५, आईतवार १८:२६
सदरलाइनडटकम, नेपालगञ्ज  : दशै र तिहारको बीचमा बाँकेमा भएका १७ वटा सडक दुर्घटनामा ३ जनाले ज्यान गुमाउनुको साथै १३ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज समेत रहेका प्रहरी निरिक्षक हिरेन्द्र रोकायले दिएको जानकारी अनुसार बाँकेमा गत २०७५ असोज २१ गतेदेखि कात्तिक २५ गतेसम्म भएका १७ […]

सम्बन्धित