सदरलाइनडटकम,
दाङ : दाङ देउखुरीमा चट्याङ लागेर एक वृद्धा घाइते भएका छन् । गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी ७० वर्षीया मोती विक घाइते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
शुक्रवार बिहान करिब ३ बजे परेको चट्याङले दुईवटा घरसमेत जलेर नष्ट हुँदा करीब पाँच लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । चट्याङमा परेर घाइते भएकी विकलाई लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि घोराही रिफर गरिएको लमही अस्पतालले जानकारी दिएको छ ।
