सदरलाइनडटकम,
कैलाली : हत्कडीसहित भागेका दिल्प दमाईंलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । कैलाली जिल्ला अदालत परिसरबाट मंगलवार दमाई हत्कडीसहित फरार भएका थिए । कैलाली लम्कीचुहाका दमाई बलात्कारको अभियोगमा गत सोमवार पक्राउ परेका थिए ।
उनलाई धनगढीको बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । उनको खुट्टामा एक राउण्ड गोली लागेको र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
