मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

सदरलाइन संवाददाता २५ श्रावण २०७९, बुधबार १४:०१
 

कैलाली : धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै से २ प ५२८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ मंगलबार राति दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको प्रहरीले प्रहरीले जनाएको छ ।


गम्भीर घाइते भएका मडैलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा चालक जोरायल–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका र उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङमा एकै परिवारका ३ जना मृत फेला

२५ श्रावण २०७९, बुधबार १४:०१
नेपालगञ्ज : बझाङमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका वडा नं.९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन् । उनीहरु झुन्डिएको अवस्थामा भेटिएको त्यहाँका वडाध्यक्ष हरिश सिंहले जानकारी दिए । उनका अनुसार २२ वर्षीया गीता पार्की, उनकी ५ वर्षीया छोरी […]