खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जले ४० हजार क्वीन्टल धान खरिद गर्दै

सदरलाइन संवाददाता १९ कार्तिक २०८१, सोमबार १४:१०
 

नेपालगञ्ज :  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यस वर्ष बाँकेका किसानले उतपादन गरेको ४० हजार क्वीन्टल धान खरिद गर्ने भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले कम्पनीले यस वर्ष बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि धानको मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले यही कात्तिक २० गतेबाट खरिद सुरु गरिने जानकारी दिए ।

उनले भने–‘ पर्वका कारण खरिद प्रकृयामा ढिलाई भएको हो । खरिदको लागि मूल्य समेत तोकिई सकेको छ । यसवर्ष कम्पनीको नेपालगञ्ज कार्यालयबाट ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ ।’


यो वर्ष धानको मूल्य प्रतिक्विन्टल मध्यम धान रु तीन हजार पाँच सय ८० र मोटो धान रु तीन हजार चार सय १० मा खरिद गर्ने गरी मूल्य निर्धारण गरिएको प्रमुख लामिछानेले बताए ।

किसानले कम्पनीमा धान विक्रि गर्दा आफ्नो वडा कार्यालयबाट सिफारिस र पहिचान खुल्ने नागरिकता लिएर आएमा धान कम्पनीमा विक्रि गर्न सक्ने छन् । यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद ढिला हुँदा चाडपर्वमा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेमौशमी वर्षातले बाँकेमा काटेर खेतमा छाडेको धान डुब्दा किसानलाई ठूलो क्षती

१९ कार्तिक २०८१, सोमबार १४:१०
नेपालगञ्ज  :  बाँकेमा सोमबार साँझ परेको बेमौशमी वर्षातका कारण किसानले काटेको धानबालीमा क्षति पुगेको छ । जलबायुमा आएको परिवर्तनका कारण बाँकेमा धान रोप्ने समयमा लामो खडेरी पर्ने र काटेर भित्र्याउने बेलामा पानी परेर खेती भित्र्याउन कठिन हुने गरेको हो । लामो खडेरीका कारण ढिलो रोपाई सकेका बाँकेका किसानलाई काटेर भित्र्याउन […]