कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत सम्भार सुरु

सदरलाइन संवाददाता ९ पुष २०७९, शनिबार १५:०२
 

कञ्चनपुर : नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मतको कार्य अगाडि बढाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ५७औँं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण अवस्थामा रहेका सीमा स्तम्भमर्मत सम्भारको कार्य अगाडि बढाएको हो ।

भारतीय पक्षले जोर नम्बरका २४ जीर्ण अवस्थाका सीमा स्तम्भ मर्मतको कार्य गरिरहेको छ । नेपाल– भारत संयुक्त सीमा बैठकको निर्णयानुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमा स्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक साता अघिदेखि सीमा स्तम्भ मर्मतको कार्य भइरहेको छ ।


सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरका अनुसार विओपी कञ्जभोज अन्र्तगतपर्ने सीमा स्तम्भ नं ७९८, ७९६÷१, ७९६÷२, ७९६÷३ तथा विओपी देविस्थानअन्तर्गत पर्ने सीमा स्तम्भ नं ८००, ८००र१, ८००र२, ८००र३ भारतीय एसएसबीले मर्मत गरेको छ ।

विओपी भूमिराजअन्तर्गत पर्ने सीमा स्तम्भ नं ८०२, ८०२र१, ८०२र२, विओपी गड्डाचौकीअन्र्तगत पर्ने सीमा स्तम्भ नं८०६, ८०६र१, ८०६र४, ८०६र५, ८०६ र ६, ८०६र२, विओपी जीमुवा अन्तर्गतपर्ने सीमा स्तम्भ नं ८०८, ८०८र१, विओपी ब्रम्हदेवअन्तर्गत पर्ने सीमा स्तम्भ नं ८१२र१, ८१०र१, ८१०, ८१२ र विओपी वयलबन्दअन्तर्गत पर्ने सीमा स्तम्भ नं ८०४ को मर्मतको कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा घुँडाको लिगामेन्ट उपचार

९ पुष २०७९, शनिबार १५:०२
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले सहज, सरल र सस्तो शुल्कमा घुँडाको लिगामेन्ट उपचार गर्दै आएको छ । भेरी अस्पतालले सस्तो शुल्कमा घुँडाको लिगामेन्ट उपचार सेवा दिएपछि विरामीलाई उपचारका लागि काठ्माडौँ र भारतको लखनऊ जाने बाध्यता हटेको छ । यो उपचार भेरीमै हुन थालेपछि पश्चिम नेपालका विरामीले ठूलो राहत महशुस गरेका […]