बाँकेको नरैनापुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान शिलन्यास

१९ माघ २०७५, शनिबार ०९:५५
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको कर्णाली उपनामले परिचित नरैनापुर गाउँपालिका वडानं २ को अलिनगरमा अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि शिलन्यास गरिएको छ ।
प्रदेशनं. ५ सरकारको एक स्थानीय तह एक रंगशाला निर्माण गर्ने योजना अनुसार नरैनापुरमा अन्तराष्ट्रिय स्तरको अत्याधुनिक रंगशाला निर्माणको लागि प्रदेश सभा सांसद कृष्ण केसी नमुना, संविधान सभा सदस्य दिनेशचन्द्र यादव र गाउँपालिकाका अध्यक्ष मो ईस्तियाक अहमद शाहले बिहीबार शिलन्यास गरेका हुन ।
रंगशालाको शिलन्यास गर्दै प्रदेश सांसद नमुनाले रंगशाला निर्माणपछि बाँकेको नरैनापुरको परिचय नै बदलिने दाबी गरिन । ‘सुगम जिल्लाको अत्यन्त विकट क्षेत्र भन्दै नरैनापुरलाई विकासमा पछि परेको ठाँउ भनेर चिनिने दिन अव ईतिहासमै सिमित हुनेछन’– उनले भनिन–‘नरैनापुरलाई अव अन्तराष्ट्रिय क्रिकेट मैदानले विकास र पहिचान दुवैमा परिवर्तन ल्याउने छ ।’ १ अर्व ८ करोड ५४ लाखको लागतमा सात दशमलभ १ विगाह क्षेत्रफलमा निर्माण गर्न लागिएको सो रगशालाको डिजाईन दंगिशरण कन्सल्ट दाङ्ग तुलसीपुर किर्तिपुर काठमाण्डौले तयार पारेको हो ।
प्रदेश सांसद केसीले प्रदेश सरकारले बहुवर्षिय योजनाको रुपमा नरैनापुर क्रिकेट रंगशालाको आयोजना अघि सारेको बताउदै संघ तथा स्थानीय सरकारले पनि अपनत्व लिन आव्हान समेत गरिन । आधुनिक क्रिकेट मैदान, स्वीमिङ्ग पुल, लङ्ग टेनिस, बास्केट वल, भलिवल कोर्ट निर्माण गरिनुको साथै भिआइपी, भिभिआईपी र सर्वसाधारणको लागि प्याराफिट सहितको मैदान निर्माण गरिने योजना रहेको बताईन ।
उनले नरैनापुर आफ्नो निर्वाचन क्षेत्र समेत रहेकाले सो क्षेत्रको विकासको हेरक गतिविधिमा आफ्नो चासो र सहयोग हुने भएको बताउदै रंगशालाको निर्माणको लागि प्रदेश सरकारको बजेट मात्रैले अपुग हुन सक्ने भएकोले सहयोग हात तथा मनहरुको खोजी गरि रहेको बताईन । उनले भनिन–‘यहाँको विकास निर्माण तथा शिक्षा, स्वास्थ्य र अन्य सुविधाको लागि आफुले गरेका सबै प्रतिबद्धता पुरा गर्नको लागि म कटिबद्ध पनि छु । विकासका सबै काममा स्थानीयको साथ र समर्थन आवश्यक पर्छ सबैले साथ दिनुहोला ।’
संविधान सभा सदस्य तथा पूर्व मन्त्री दिनेश चन्द्र यादवले नरैनापुरमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुने बघौडा क्षेत्रमा विकासको मूल फुट्न थालेको संकेतको रुपमा भएको आफुलाई आभाष भएको बताए । उनले भने–‘ हुलाकी सडक निर्माण संगै बघौडा क्षेत्र (नरैनापुुर) अब पुरानै र पिछडिएको रहेन अझ झन अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएपछि यहाँको विकासमा कोशेढुंगो सावित भएको छ ।’
नरैनापुर गाउपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले नरैनापुरको विकासमा प्रदेश सरकारको पहलका कारण चाँडै नयाँ रुप र गति लिने विश्वास व्यक्त गरे । उनले आफ्ना गाउपालिकाको विकासमा बाधकको रुपमा रहेको अशिक्षा र गरिबिको अन्त्य गर्न सबैको पहल हुनसके आगामी दिनमा नरैनापुरको विकासमा नयाँ फ्डको मार्ने स्पस्ट पारे ।
उनले पहिलो चरणमा हुलाकी सडकदेखि सो रंगशाला जानको लागि करिव डेढ किलोमिटर बाटो निर्माणको लागि १७ लाख बजेट छुट्टयाईएको जानकारी दिए ।
यसैबीच सांसद केसीले बिहीबार नै नरौनापुरमै निर्माण गरिने गाउपालिकाको भवनको समेत शिलन्यास गरेकी छन् । ८ करोडको लागतमा दुई बैठक कक्ष सहित ३२ कोठाको साढे तीन तला भवन निर्माण गरिने भएको हो ।  

Next Post

नेबिसंघद्वारा सरकारी गाडीमा आगजनी

१९ माघ २०७५, शनिबार ०९:५५
सदरलाइनडटकम, पोखरा : सरकारको विरोध गर्दै नेपाल विद्यार्थी संघ कास्कीले पोखरा महानगरपालिकाको गाडीमा आगजनी गरेको छ । नेविसंघले शनिवार बिहान पोखराकै मासबारमा महानगरको बा १ झ ५८७९ नम्बरको सेतो पिकअप भ्यानमा आगजनी गरेको हो । दुई तिहाईको दम्भ देखाउँदै वर्तमान सरकारले विपक्षी पार्टीहरुलाई पाखा लगाउँदै मनोमानी ढंगले काम गरेको भन्दै […]