पुष्पलालचोककोे होटल माछापुच्छ्रेबाट १० जना जुवाडे नियन्त्रणमा

१७ माघ २०७५, बिहीबार २२:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  नेपाल प्रहरीको प्रदेश नं. ५ को विषेश अनुसंधान व्यूरो र वडा प्रहरी कार्यालयको संयुत्त टोलीले बिहिबार नेपालगञ्जको पुष्पलालचोकमा रहेको होटल माछापुच्छ्रेमा छापा मारी १० जना जुवाडेलाई जुवा खेल्दै गरेको अवस्थामा २ लाख ७२ हजार रुपैया समेत नियन्त्रणमा लिएको छ ।
व्यूरोका ईन्चार्ज प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले उमेश सेरचन, कर्मजित बुढा, सुकदेव गिरी, कैलाश शाक्य, तिर्थराज रोकाय, प्रेम लामा, यमबहादुर कोटवाल, राजु खड्का, नविन चन्द र पूर्ण बहादुर थापालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय नेपालगञ्जको जिम्मा लगाएको हो ।
वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार बिहिबार बेलुका करिव साढे ५ बजे तिर सो होटलबाट जुवाखेल्दै गरेका १० जना जुवाडे र उनीहरुको साथमा रहेको २ लाख ७२ हजार रुपैया समेत बरामद गरेको हो । प्रहरी निरिक्षक डाँगीका अनुसार पक्राउ परेका जुवाडेहरुलाई वडा प्रहरी कार्यालयमा राखी अनुसंन्धान सुरु गरिएको छ ।

Next Post

बागेश्वरीदेखि ठाकुरद्धारासम्म साईकलयात्रा

१७ माघ २०७५, बिहीबार २२:१६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके र बर्दियाका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि शुक्रवारदेखि टुर द ठाकुरद्वारा–२०७५ शुरु भएको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरबाट विहान नेपालगञ्जका मेयर डा. शवल शम्शेर राणा र उपमेयर उमा थापाले बिश्व साईकलयात्री पुष्कर शाहलाई राष्ट्रीय झण्डा हस्तान्तरण गरी अभियानकाके शुभारम्भ गरे । अभियानले प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा नेपालगञ्जको […]

सम्बन्धित