काठमाडौँ नागार्जुनमा श्रीमती, छोरी र नातिनीको हत्यापछि पुरुषले गरे आत्महत्या

सदरलाइन संवाददाता ९ फाल्गुन २०८०, बुधबार १३:५०
 

काठमाडौँ  : काठमाडौँको नागर्जुन नगरपालिका–६ स्थित भैरवटोलमा एक पुरुषले ३ जनाको हत्या गरी आफैँले आत्माहत्या गरेका छन ।

सोलुखुम्बुको दूधकुण्ड–१० स्थायी घर भई हाल नागर्जुन सितापाइला बस्ने काजी विश्वकर्मा भन्ने राजु घिमिरेले आफ्नै श्रीमती, छोरी र नातिनीको हत्या गरेका हुन ।

उनीहरुको डेरामा हत्या गरेपछि उनले नागार्जुन–५ स्थित हरिशिद्धिको जंगलमा रुखमा झुण्डिएर आम्माहत्या गरेको स्वयम्भू प्रहरी कार्यालयकी प्रमुख डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन ।

आफू बस्ने घरमा श्रीमती करिब ३८÷३९ बर्षिया ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, ८ बर्षिया छोरी अनिषा श्रेष्ठ र करिव ३ बर्षिया नातिनी शिवना श्रेष्ठको हत्या भएको डिएसपी चन्दले बताईन ।

डिएसपी चन्दका अनुसार आज विहान करिव ७ बजेतिर आफ्नो १५ बर्षीय छोरालाई सितापाइला चोकमा छाडेर फर्केपछि अरु परिवारका सदस्यहरुको हत्या गरेको देखिएको छ ।


उनीहरु तीन जनाको हत्या गरेपछि विश्वकर्माले आफ्नी सासुलाई फोन गरी छोरीको हत्या गरेको र अब आफू पनि आत्माहत्या गर्न लागेको जानकारी दिएका थिए । त्यसको केही बेरमा उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनले फोनमा आफू स्वयम्भूको जंगलमा आत्महत्या गर्न जान लागेको जानकारी गराएका थिए तर उनी भने हरिसिद्धिको जंगलमा मृत अवस्थामा फेला पेरका हुन ।

स्वयम्भू जाने खवर पाएलगत्तै ससुराली परिवारले प्रहरीलाई खवर गरेको र तत्काल खोजी कार्य गरिएको डिएसपी चन्दले जानकारी दिईन । तर उनी तत्कालै झुण्डिएको अवस्थामा फेला परेका थिए ।

अहिले सामूहिक हत्या गरिएको ठाउँमा जाँझबुझ र मुचुल्का उठाउने कार्य भइरहेको छ भने आत्महत्या गरेका विश्वकर्माको शवलाई पनि पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

हत्याको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको पनि डिएसपी चन्दले जानकारी दिनुभएको छ । नेपालटिभि अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेनुका पौडेलको लाइभ कन्सर्ट नेपालगञ्जमा हुँदै

९ फाल्गुन २०८०, बुधबार १३:५०
नेपालगञ्ज : गायिका मेनुका पौडेलको कन्सर्ट आगामी फागुन २७ गते नेपालगञ्जमा हुने भएको छ । उनी ईन्डियन आइडलमा दिएको प्रस्तुतिले चर्चा र प्रसंशाको शिखरमा पुगेकी कलाकार हुन । अन्तरालको आयोजना र व्यवस्थापनमा फागुन २४ गतेदेखि नेपालगञ्ज रंगशालामा हुने नेपाल कल्चर फेस्टिवलकै अवसर पारेर यो विशेष कन्सर्ट गर्न लागिएको हो । […]

सम्बन्धित