प्रदेश पाँचमा सडक दुर्घटनामा तीन सय २९ को मृत्यु

१७ माघ २०७५, बिहीबार ०७:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : चालु आर्थिक वर्षको ६ महिनामा प्रदेश ५ मा दुर्घटनामा परी तीन सय २९ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश प्रहरी तुलसीपुर दाङले दिएको जानकारी अनुसार प्रदेशका १२ जिल्लामा ६ महिनाको अवधिमा भएका एक हजार चार सय ११ दुर्घटनामा परी ३ सय २९ ले ज्यान गुमाउदा ती दुर्घटनामा परेर दुई हजार ६ सय ८६ जना घाइते भएका थिए ।
प्रदेश प्रहरीले दिएको जानकारी अनुसार कूल दुर्घटनाको आधाभन्दा बढी एक हजार ४२ मोटरसाइकल दुर्घटना रहेको छ । त्यसपछि जीप÷कार दुई सय १७, बस एक सय ५१, ट्रक, टेंकर एक सय आठ र एक सय वटा ट्याक्टर दुर्घटना भएको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारी चालकको लापरबाहीका कारण धेरै दुर्घटना भएको बताउँछन् । उनी भन्छन्, ‘चालकको लापरबाहीबाट सात सय ७६ र तिब्र गतिका कारण पाँच सय ७७ दुर्घटना भएका छन् ।’
प्रहरीले यान्त्रिक गडबडीमा ३७, यात्रुको गल्तीमा ३५, ओभरटेक गर्दा १७, खराब सडकको कारण १५, चौपायाका कारण १४, मादक पदार्थ सेवन गरेका कारण ११, वातावरणका कारण पाँच, ओभरलोड भएर तीन र सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्दा एक वटा दुर्घटना भएको जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डिआईजी अधिकारीले प्रदेस सरकारको आर्थिक सहयोगमा राजमार्ग सुरक्षा तथा दुर्घटना न्यूनिकरण गर्नको लागि बर्दघाटदेखि चिसापानीसम्म सिसिटिभि राखेर मनोटरिङ्ग गर्ने तयारी भएको बताए ।

Next Post

शहिद सेतु विक प्रवेशद्वारको उद्घाटन

१७ माघ २०७५, बिहीबार ०७:४४
सदरलाइनडटकम, खजुरा (बाँके) : शहिद दिवसको अवसर पारेर बाँकेको खजुरा धनौलीमा निर्माण गरिएको शहिद सेतु विक प्रवेशद्वारको उद्घाटन गरिएको छ । शहिद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित सो प्रवेशद्वारको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले एक समारोहका वीच उद्घाटन गरेका हुन । सो अवसरमा शहिद विकको तस्वीरमा माल्यार्पण […]