शहिद सेतु विक प्रवेशद्वारको उद्घाटन

१७ माघ २०७५, बिहीबार ०७:५४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : शहिद दिवसको अवसर पारेर बाँकेको खजुरा धनौलीमा निर्माण गरिएको शहिद सेतु विक प्रवेशद्वारको उद्घाटन गरिएको छ ।
शहिद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित सो प्रवेशद्वारको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले एक समारोहका वीच उद्घाटन गरेका हुन ।
सो अवसरमा शहिद विकको तस्वीरमा माल्यार्पण गरिएको थियो । गणेश बहादुर थापको अध्यक्षतामा गठित उपभोक्ता समितिले खजुरा गाउँपालिकाको ३ लाख अनुदान र जनश्रमदान ३६ हजार ६०९ रुपैयाँको लागतमा धनौली चौकी पूर्वतर्फ शहिद सेतु विक मार्गमा उक्त प्रवेशद्वार निर्माण गरेको हो ।
२०६२÷०६३ को जनआन्दोलनका क्रममा खजुरा निवासी विकले २०६३ वैशाख ५ गते ज्यानको आहुती दिएकी थिइन । शहिद गेट उद्घाटन समारोहमा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयको सहभागिता रहेको थियो ।

Next Post

राष्ट्रिय विभूति शंखधर शाख्वा चोक बारे ज्ञापन

१७ माघ २०७५, बिहीबार ०७:५४
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपालगञ्ज उपमहानगरपालिका भित्र राष्ट्रिय विभूति शंखधर शाख्वाको नाममा चोकको नामाकरण र मूर्ति स्थापना गर्ने बारे बाँकेका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर थापा मगरको नेतृत्वमा गएको विभिन्न १३ वटा संघसंस्थाहरुका अध्यक्ष लगायतको प्रतिनिधि मण्डलले सो ज्ञापन पत्र हस्तान्तरण […]