बाँकेमा मंगलवार २ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १४ मंसिर २०७८, मंगलवार १२:५४
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २२ नमुना परीक्षण गर्दा १ र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।


बागेश्वरी ल्यावमा ८ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि सबै जिल्ला बाहिरका हुन् । जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ६० छ ।

यस्तै थप १ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको कांग्रेस सभापतिमा राठौर निर्वाचित

१४ मंसिर २०७८, मंगलवार १२:५४
बर्दिया : नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणसिंह राठौर विजयी भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा संस्थापन पक्षका राठौर ८८० मतसहित निर्वाचित भए । उनले भुवनेश्वर चौधरीलाई २२ मत अन्तरले पराजित गरेका हुन् । चौधरीले ६७८ मत प्राप्त गरे। बर्दियामा १ हजार ६२२ मतदाता संख्या रहेकोमा १ हजार ५७८ […]