सदरलाइनडटकम
२८ चैत, नेपालगञ्ज : बुधवार दिनभर सामाजिक सञ्जालमा ‘फेसबुक’ बन्द हुने अफवाह फैलियो । त्यो पनि नेपाल सरकारले नयाँ वर्ष २०७५ पछि फेसबुकमा प्रतिबन्ध लगाउन थालेको हल्ला चलाइयो । सूचना तथा सञ्चार मन्त्रालयको जस्तो ‘लेटरप्याड’मा फेसबुक बन्द गर्न लागिएको व्यहोरा सहितको पत्र ‘भाइरल’ गराइएको थियो ।
पत्रमा नेताहरुलाई फेसबुक मार्फत गाली गलौज गरिएको र अश्लिल फोटोहरु राखिएका कारण प्रतिबन्ध लगाउन लागिएको व्यहोरा उल्लेख छ । यस सम्बन्धमा सरकारका तर्फबाट कुनै प्रतिक्रिया नआएपनि उक्त पत्र ‘झुठ’ भएको स्पष्ट छ । किनकी झुठ लेटरप्याडमा कसैले टाइप गरेको स्पष्ट देखिन्छ । त्यसमा झन् सन्चारराज्यमन्त्री गोकुल बास्कोटा रहेको अवस्थामा उक्त पत्रमा सन्चारमन्त्री माधव पौडेलको नाम र हस्ताक्षर भनि दाबी गरिएको छ ।
‘यस्तो फेक हुँदै अहिले त्यो पत्र भाइरल गराइएको छ ।’ धेरैको टिप्पणी छ,—‘सामाजमा नाम चलेका व्यक्तिहरुले समेत यो पत्र भाइरल बनाएर सरकारको आलोचना गरेको देख्दा दया लागेर आउछ ।’