कोरोनाबाट बाँकेका एक युवकको मृत्यु

सदरलाइन संवाददाता १ फाल्गुन २०७८, आईतवार १४:४९
 

नेपालगञ्ज : भेरोसेलको दुवै मात्रा खोप लगाएका खजुराका युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बाँके खजुरा गाउँपालिका– २ का २३ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


माघ २७ गते पीसीआर गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । त्यही दिन भर्ना गरिएको आज विहान भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच जना किशोरकिशोरीको रुपईडिहाबाट उद्धार

१ फाल्गुन २०७८, आईतवार १४:४९
नेपालगञ्ज : सीमावर्ती भारतीय बजार रुपईडिहाबाट बाँके प्रहरीले पाँच जना किशोरकिशोरीको उद्धार गरेको छ । अभिभावकहरुले आफ्ना किशोरकिशोरी हराएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय जमुनाहाबाट प्रहरी नायव निरीक्षक मीनबहादुर विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमापारी रुपईडिहा बजारबाट उनीहरुको उद्धार गर्न सफल भएको हो । विष्टका अनुसार बैजनाथ गाउँपालिका–६ बाँकेकी […]

सम्बन्धित