दुई भरुवा बन्दुकसहित दाङमा एक पक्राउ

६ माघ २०७५, आईतवार १४:४६
 

सदरलाइनडटकम,
दाङ : भरुवा बन्दुकसहित दाङमा एक जना पक्राउ परेका छन् । शनिवार बेलुकी पक्रउ परेका शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी २९ बर्षीय हरी बहादुर रासकोटीलाई प्रहरीले आईतवार सार्बजनिक गरेको हो ।
आफ्नै घरमा लुकाई छिपाई राखेको भरुवा वन्दुक दुई थान, बदेंलको जस्तो देखिने खुट्टाको सपेटा २ थानसहित उनलाई पक्राउ गरि मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजाना सम्वन्धि कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
गोप्य सूचनाका आधारमा छापा मार्दा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।

Next Post

दुईथान चितुवाको छालासहित एक पक्राउ

६ माघ २०७५, आईतवार १४:४६
सदरलाइनडटकम, वीरेन्द्रनगर (सुर्खेत) : नेपाल प्रहरी पाँच नं.प्रदेश अनुसंन्धान व्यूरोको टोलीले प्रदेश नं. ६ को राजधानी बिरेन्द्रनगर सुर्खेतबाट एकजनालाई दुई थान चितुवाको छालासहित नियन्त्रणमा लिएको छ । प्रहरी ब्यूरो निकट स्रोतले दिएको जानकारी अनुसार प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा गएको टोलीले विरन्द्रनगर नगरपालिका–३ ऐरीचोक (जुम्लारोड) बाट रास्कोट नगरपालिका–४ सिउना कालिकोटको […]