श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

६ माघ २०७५, आईतवार १४:३७
 

सदरलाइनडटकम,
धनगढी : कैलालीमा एक जनाले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आफूले आत्महत्या गरेका हुन् ।
आइतवार बिहान साढे ५ बजे श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेको र त्यसलगत्तै आफूले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले जानकारी दिए । श्रीमतीको टाउकोमा दुईपटक बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।
घरको बार्दलीमा झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चौधरीलाई डोरी काटेर बचाउने प्रयास गरिएको थियो । उनलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइए पनि चिकित्सकले भने मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको घटनास्थलमै र श्रीमानको टीकापुर अस्पतालमा मृत्यु भएको हो । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तिमिल्सेनाले बताए ।

Next Post

दुई भरुवा बन्दुकसहित दाङमा एक पक्राउ

६ माघ २०७५, आईतवार १४:३७
सदरलाइनडटकम, दाङ : भरुवा बन्दुकसहित दाङमा एक जना पक्राउ परेका छन् । शनिवार बेलुकी पक्रउ परेका शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी २९ बर्षीय हरी बहादुर रासकोटीलाई प्रहरीले आईतवार सार्बजनिक गरेको हो । आफ्नै घरमा लुकाई छिपाई राखेको भरुवा वन्दुक दुई थान, बदेंलको जस्तो देखिने खुट्टाको सपेटा २ थानसहित […]