विवाहको बारेमा सोचेको छैन ‘केरीयर’ बनाउदै छु

२८ माघ २०७६, मंगलवार १९:१४
 

मिस मिडवेष्ट’ को सातौ संस्करण बाँकेको नेपालगन्जमा सन्चालन भईरहेको छ । सदिक्षा श्रेष्ठ ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सो संस्करणको प्रतियोगी हुन । प्रतियोगी नं.८ बाट परिचित उनी कोहलपुर नगरपालिका वडानं २ शिद्धनगर निवासी हुन । महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गरि रहेकी श्रेष्ठ एमआर समेत हुन् । प्रतियोगी श्रेष्ठसंग गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।

सुन्दरतालाई कसरी बुझ्नुभएको छ ?

सुन्दरता प्राकृतिक रुपमै हुने गर्छ । मान्छेको अनुहारिक सुन्दरता भन्दा व्यावहारीक सुन्दरता राम्रो लाग्छ मलाई । म व्यावहारीक सुन्दरतालाईनै बढी प्राथामीकता दिन्छु म ।

मोडलिङ क्षेत्रमा किन आउनुभयो ?

साथीहरुको प्रेरणाले र उनीहरुकै हौसलाले म यस क्षेत्रमा आएकी हुँ ।

मोडलिङ बाहेक रुचि केके छन् ?

मेरो रुचि भनेको कथा पढ्ने हो । मलाई अध्यनमा रुचि छ । त्यस बाहेक मलाई नृत्य गर्न मन पर्छ । मलाई तनाव भयो भने म नाच्छु ।

प्रेमको कुनै अनुभव छ ?

परिवारसंगको प्रेम र साथीहरुको प्रेम अनुभव गरेको छु ।

जीबन साथी कस्तो चाहानुहुन्छ ?

मैले अहिलेसम्म विवाहको बारेमा सोचेको छैन । ‘केरीयर’ बनाउदै छु अहिले । त्यसकारण जीबन साथी यस्तै होस भन्ने त छैन तर सहयोगी होस, सरल होस ।


प्रेम प्रस्ताव राख्ने कति छन् ?

अलिअलि हुनुहुन्छ ।

सपना के छ ?

सफल मोडल बनेर असहायहरुलाई सहयोग गर्ने सपना छ ।

प्रस्तुती : लक्ष्मी तिमिलसेना

फोटो : पवन श्रोतिया / ब्लु ओरिजन

 

Next Post

होटल तथा रेष्टुरेन्ट व्यावसायीलाई कण्डम बारे अनुशिक्षण

२८ माघ २०७६, मंगलवार १९:१४
सदरलाइनडटकम, नेपालगञ्ज  : अन्तराष्ट्रिय कण्डम दिवस–२०२० को अवसर पारेर स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल र एएचएफ नेपालको आयोजनामा नेपालगञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट व्यावसायी र त्यसमा कार्यरत कर्मचारीलाई एचआईची एड्स तथा यौनरोगका बारेमा अनुशिक्षण गरिएको छ । बाँके होटल तथा रेष्टुरेन्ट व्यावसायी संघको समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा भेरी अस्पतालका […]

सम्बन्धित