चाहेर पनि समाज परिवर्तन गर्न सकिएन : मन्त्री यादव

सदरलाइन संवाददाता २ फाल्गुन २०८०, बुधबार १५:०३
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री भण्डारीलाल यादवले आफुले चाहेर पनि समाज परिवर्तन गर्न नसकेको बताएका छन् ।

विकास निर्माण र समाजका हरेक परिवर्तन गर्न खोज्दा भ्रष्टहरुको जालो च्यात्न निकै कठिन भएको उल्लेख गर्दै मन्त्री यादवले सीमित अधिकार, अधुरा कानुनले गर्दा आफुले भूमिहीन किसान तथा सुकुम्बासीहरुका समस्या समाधान गर्न नसकेको बताए ।

खाद्य अधिकार मञ्च नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको बैजनाथ ६ मा बुधवार आयोजित भूमिहीन तथा सुकुमबासीहरुको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । हरेक सरकारी निकायहरुमा कमिशनको खेल चल्ने गरेको आफ्नो तीतो अनुभव रहेको बताउँदै मन्त्री यादवले जनताले खबरदारी नगर्ने हो भने गाउँसम्म कुनै पनि विकासका योजनाहरु नआउने ठोकुवा गरे ।


बाँके जिल्ला भरि खानेपानीका संरचनाहरु सम्पन्न हुन नसक्नुका पछाडी समेत भ्रष्टहरुको जालोनै भएको उल्लेख गर्दै उनले सुकुम्बासीहरुलाई लालपुर्जा उपलब्ध गराउन समेत कानुनहरु बाधक भएको बताए । दलित सुकुम्बासी, सुकुम्बासी र अब्यवस्थित बसोवासीहरुको नाममा नापजाँच कार्य जारी रहेपनि लालपुर्जा अझै उनीहरुको हातमा नपरेको भन्दै मन्त्री यादवले संघीयता आएपनि अधिकार सम्पन्न प्रदेश नहुँदा क्याविनेटमा आवाज उठाउने थलो मात्र भएको स्पष्ट पारे ।

स्वायत्तरुपमा प्रदेशले कानुन बनाउन पाए मात्र किसान तथा भूमिहीनहरुको मुद्दा सम्बोधन गर्न सकिने भन्दै उनले मौजुदा कानुनले लालपुर्जा वितरणलाई बाधा पारिरहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालका प्रथम शहिद लखन थापा मगरको शालिक अनावरण

२ फाल्गुन २०८०, बुधबार १५:०३
खजुरा (बाँके) : नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको पूर्ण कदको शालिक बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ को सैनिकगाउँमा अनावरण गरिएको छ । सैनिक गाउँस्थित बहादुरपुर चोकमा शालिक अनावरण गरिएको हो । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिक तुफान, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले संयुक्तरुपमा शालिकको […]

सम्बन्धित