पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह

सदरलाइन संवाददाता ३० भाद्र २०७९, बिहीबार १३:४८
 
फाइल तस्बिर

नेपालगञ्ज : अबको तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाका अनुसार बाँके, बर्दिया, दाङ, सुर्खेत, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडीमा उच्च जोखिम छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा रहे पनि पूर्वी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि सरेकाले मौसम बदली भइ झरी सुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताए ।


लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तीन दिन नै ठूलो वर्षाको सम्भावना छ । र, विहीबार विहानदेखि बर्षा भइरहेको छ । यसले गर्दा बाढी पहिरोको जोखिम धेरै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एमालेको दुई महिने निर्वाचन अभियान सञ्चालन

३० भाद्र २०७९, बिहीबार १३:४८
नेपालगञ्ज : नेकपा (एमाले) बाँकेले मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि दुई महिने अभियान सञ्चालन गरेको छ । अभियानको सोमबारराती नेपालगञ्जस्थित पार्टी कार्यालयमा पार्टीका महासचिव शङ्कर पोखरेलले उदघाटन गरेका थिए । महासचिव पोखरेलले पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल र जिल्ला कमिटीका अध्यक्ष […]

सम्बन्धित