भेरी अस्पताललाई आन्दोलनले छोएन

२७ चैत्र २०७५, बुधबार १७:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : चिकित्सकको आन्दोलनका कारण अन्यत्रका सरकारी अस्पतालमा सेवा अबरुद्ध भएपनि नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकले नियमितरूपमा सेवा दिँदै आएका छन् । अस्पतालका चिकित्सकले नियमितरूपमा सेवा दिएपछि बिरामी र आफन्त खुशी भएका छन् ।
चिकित्सक आन्दोलनका बेलासमेत सेवा पाएपछि खुशी लागेको त्रिपुरा सुन्दरी नगरपालिका–२, डोल्पाकी कुसुम थापाले बताइन् । उनले सेवा पाउने झिनो आशा लिएर आएको बेला छोरीको उपचार हुँदा खुशी लागेको बताइन् । उनको छोरीलाई मुटुको समस्या छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीका अनुसार भेरी अस्पतालमा सेवा अबरुद्ध नभएको बताए ।
हाड, जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. राहुल मिश्रले पनि नियमित रुपमा स्वास्थ्य सेवा दिँदै आएको बताए । बिरामी जाँच गरिरहेका उनले आएका बिरामीको स्वास्थ्य जाँच गरेर पठाउने गरेको बताए । उनले दैनिक एक हजार बिरामीको जाँच र उपचार गर्दै आएको बताए ।

Next Post

गोकुल सामुदायिक वनको साधारणसभा सम्पन्न

२७ चैत्र २०७५, बुधबार १७:२७
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३, ४ र ५ स्थित गोकुल सामुदायिक वन समूहको बुधवार पाँचौ वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परीक्षण सम्पन्न भएको छ । डुडुवा गाउँपालिका वडा नंं. ५ तपसीबाबामा रहेको संस्थाको आफ्नै कार्यालयमा कार्यक्रम गरिएको हो । उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले […]