सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १९ चैत्र २०७७, बिहीबार १६:५१
 

धनगढी : सुदूरपश्चिममा थप २ जनामा कोरोना पुष्टि भएको छ । बिहीबार सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा १९ नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।


उनका अनुसार कैलालीको घोडाघोडी नगरपालिका २ र ६ का दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको जनाएको छ । अहिले अस्पतालमा कुल संक्रमित मध्ये ३ जनालाई आइसियू र २ जनालाई आइशोलेसनमा राखिएको छ ।

Next Post

नरैनापुरमा आगलागी हुँदा ३ घर नष्ट

१९ चैत्र २०७७, बिहीबार १६:५१
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउपालिका वडानं. ४ नरैनापुरमा बिहीबार दिउसो साढे तीनबजे आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ । नरैनापुर गाउपालिकाबाट घोरदौरिया जाने बाटोमा रहेको स्थानीय नितराम धोबीको घरबाट सल्केको आगोले राम अवतार धोबी र शिवसन्त धोबीको घरपनि जलेर नस्ट भएको हो । आगलागिको सूचना पाउने वित्तिकै […]