सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बिडारीबाट सञ्चारकर्मीमाथि दुर्व्यवहार

२ माघ २०७५, बुधबार १७:१३
 

सदरलाइनडटकम,
धनगढी : सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद बिडारीले सथानीय २ जना पत्रकारलाई दुब्र्यवहार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार मन्त्रिपरिषदका निर्णय लिन पुगेका स्थानीय सञ्चारकर्मीहरु जनक बिष्ट र पदम भट्टमाथि उनले दुव्र्यबहार गरेका हुन् ।
सूचनाका लागि १५ दिन अगाडि निवेदन एिका उनीहरु बुधबार बिडारीको कार्यकक्षमा पुग्दा उनले हातमा क्यामेरा छ भन्दैमा जे पनि सोध्न पाउँछौ भन्दै क्यामेरा नियन्त्रणको प्रयास गरेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार क्यामेरा नियन्त्रणमा लिन नसकेपछि सचिव विडारीले कार्यकक्षबाट बलपूर्वक बाहिर निकालेको दावी गरेका छन् ।
यसैवीच नेपाल पत्रकार महासंघ कैलाली शाखाले घटनाको भत्र्सना गरेको छ । महासंघ शाखाले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारद्वयमाथि प्रमुख सचिव बिडारीले गरेको दुब्र्यवहारप्रति घोर भत्र्सना गर्दै निन्दा समेत गरेको छ । महासंघका सचिव मीन ठकुरीद्धार हस्ताक्षरित बिज्ञप्तिमा पत्रकारमाथि दुब्र्यवहार गर्ने सचिव बिडारीमाथि कानुनी कारवाही गर्न माग गरेको छ ।

Next Post

ग्यास सिलिण्डर बिस्फोट हुँदा एकको मृत्यु, चार घाइते

२ माघ २०७५, बुधबार १७:१३
सदरलाइनडटकम, काठमाण्डौ : पिस नेपाल ह्याण्डिक्र्याफ्टमा ग्यास सिलिण्डर लिक भई बिस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । राजधानीको गोगंबुस्थित टोखा नपा वडा नम्बर–९ दिपज्योतीमा रहेको श्याम ढुंगानाको ह्याण्डिक्र्याफ्टमा काम चलिरहेको अवस्थामा बुधवार ग्यास सिलिण्डर लिक भई बिस्फोट भएको हो । ग्यास बिस्फोटमा परी नुवाकोट […]

सम्बन्धित