बाम गठबन्धनको प्राथामिकता आफ्नो क्षेत्रमा सडक सञ्जालको विस्तार गरिने

४ मंसिर २०७४, सोमबार २२:०७
 

सदरलाइनडटकम 
४ मंसिर, नेपालगन्ज : बाँकेको क्षेत्र नम्बर ३ बाट बामगठबन्धनका उम्मेदवारहरुले आफ्नो क्षेत्रमा हरेक क्षेत्रबाट सडक सडक सञ्जालले जोड्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सोमबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न चुनावी सभा तथा घरदैलोमा पुगेका बेला यहाँका सबै सडकको स्तरोन्नती गरी कालोपत्रे गर्ने कार्यलाई निर्वाचित भए लगत्तै काम सुरु हुने प्रतिवद्धता जनाएका छन ।
निर्वाचन प्रचार अभियान अन्तर्गत सोमबार बाँकेको उढरापुरमा भएको कार्यक्रममा प्रतिनिधीसभा उम्मेदवार नन्दलाल रोकाय र प्रदेशसभा १ का उम्मेदवार आईपी खरेल तथा खजुरा गाउँपालिका ४ ईगाउँमा भएको कार्यक्रममा प्रदेशसभा २ का उम्मेदवार बाबुराम गौतमले सडक कालोपत्रे गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउने प्रतिवद्धता जनाएका हुन ।
ईगाउँमा भएको कार्यक्रममा उम्मेदवार गौतमले नौबस्ताको सुतैयाबाट सुरु भई बनकटुवासम्म पुगेको सुतैया–ईगाउँ–जलपोखरी सडकलाई छिटो सम्पन्न गर्न आफुले पहलकदम गर्ने प्रतिवद्धता जनाए । उनले खजुरा र आसपासको क्षेत्रका समस्याबारे आफु पुर्णरुपमा परिचित रहेको भन्दै गौतमले बाम गठबन्धनले विकास र सम्बृद्धिको योजना लिएर घरघरमा आएको बताए ।
कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, शालिकराम खडका, लालबहादुर खत्री, सतिश निरौला, किशोर थापा, वडा अध्यक्ष तिलकवीर सुनार लगायतले बाम गठबन्धनलाई जिताउन अपिल गरेका थिए ।



यसैगरी उढरापुरमा भएको कार्यक्रममा प्रतिनिधीसभाका उम्मेदवार नन्दलाल रोकायले उढरापुरमा सडक कालोपत्रेसँगै सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने कार्य आफनो प्रमुख प्राथिमकतामा रहेको बताए ।
निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर सुनारले राजनीतिक स्थायीत्वसँगै समृद्धि र विकासका लागि बाम गठबन्धन गाउँगाउँमा पुगेको बताए ।
कार्यक्रममा प्रदेशसभा १ का उम्मेदवार आईपी खरेलले बाम गठबन्धनको देशब्यापी विजय सुनिश्चित भएको भन्दै बाँकेका जनता पनि विकास र समृद्धिको पक्षमा रहेको बताए ।कार्यक्रममा बाम गठबन्धनका नेताहरु रत्न खत्री, डम्बर विक लगायतले बाँकेमा बाम गठबन्धनको पक्षमा जनलहर भएको भन्दै विजयको औपचारिक घोषणा हुन बाँकी रहेको बताए ।
यसैगरी बाम गठबन्धनले क्षेत्र नम्बर ३ मा पहिलोचरणको अगुवा कार्यकर्ता भेला सोमबार सम्पन्न गरेको छ । क्षेत्रका २४ वटै वडामा अगुवा कार्यकर्ता भएको छ ।निर्वाचन परिचालन कमिटीका सचिव रत्न खत्रीका अनुसार, ७ गतेसम्म दोश्रोचरणमा एक टोल एक निर्वाचन कमिटी ःघरघरमा पर्चा र प्रतिवद्धतापत्र पु¥याउने कार्यक्रम सुरु गरिएको छ ।

Next Post

लोकतन्त्रको रक्षाको लागि बाम गठबन्धनलाई परास्त गरौ

४ मंसिर २०७४, सोमबार २२:०७
सदरलाइनडटकम  ४ कात्तिक, नेपालगन्ज : लोकतान्त्रिक गठबन्धनका नेताहरुले लोकतन्त्रको रक्षाको लागि बाम गठबन्धनलाई परास्त गर्नु पर्ने रहेको बताएका छन् । नेपाली कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले बाँकेका विभिन्न स्थानमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेताहरुले लोकतन्त्रबादी हौं भन्दै जनतालाई झुक्याएर साम्यवाद लागू गर्न खोज्नेहरुसंग सावधान रहन आग्रह गरेका […]

सम्बन्धित