
सदरलाइनडटकम,
बर्दिया : नलकटुवा पेस्तोलसहित बर्दिया प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गएको टोलीले भारतको उत्तरप्रदेशका २० वर्षीय सलमान खानलाई पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको ३१ एआर ६८२६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा गुलरिया नगरपालिका १० कालाबञ्जरस्थित गडरिया चोकमा खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले बताए ।
पक्राउ परेका खानको साथबाट कटुवा पेस्तोल थान १, त्यसमा लाग्ने गोली थान १, नेपाली र भारतीय गरी २९ हजार ७९६ रुपैयाँ र लागूऔषध जस्तो देखिने खैरो धूलो पदार्थ ३ ग्राम फेला परेको मैनालीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएका खानमाथि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।