माघी नजिकिएसँगै थारू बस्तीमा खुशियाली (फोटो फीचरसहित )

२९ पुष २०७५, आईतवार १६:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : पश्चिम तराईका थारू बस्तीमा माघीको रौनक छाएको छ । माघी पर्वको अवसरमा पश्चिम तराईका गाउँ–गाउँमा आयोजना भएका माघी महोत्सव र माघी मिलन कार्यक्रमले पश्चिम तराईका थारू बस्तीमा माघीको रौनकता थपेको हो ।
माघी महोत्सवले हराउँदै गएको थारू संस्कृति, संस्कार र भेषभूषा संरक्षण तथा प्रवद्र्धनमा सहयोग गरेको छ । थारू संस्कृति, संस्कार र भेषभूषा संरक्षण गर्न बाँकेको विकट क्षेत्र फत्तेपुरका युवाले माघी महोत्सव आयोजना गरेका छन्।
विगतभन्दा फरक मनाइने
कैलालीका थारू गाउँमा पनि माघीको रौनक बढेको थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले बताए । उनले विगत वर्षभन्दा यस वर्ष गाउँमा माघीको चहलपहल छिटो सुरु भएको बताए ।
उनले चाडपर्व र मेला, महोत्सवमा थारू पहिरन लगाउने युवायुवतीको संख्या थपिँदै गएको बताए । ‘मेला, महोत्सवले माघीको रौनक बढाएको छ,’ उनले भने । थारू गोचाली समाजले आयोजना गरेको तीनदिने महोत्सवको पहिलो दिन राप्तीसोनारी गाउँपालिका ६ र ७ का युवायुवती, बालबालिका, ज्येष्ठ नागरिक थारू पहिरनमा सजिएर महोत्सवमा सहभागी भएपछि माघी आएको झल्को दिएको थियो ।
राप्तीसोनारी गाउँपालिका–६, सिधनवाकी सुस्मिता थारूले पहिलोपटक थारू पहिरनमा सजिएर महोत्सवमा सहभागी भएको बताइन् । उनले माघी महोत्सवले थारू पहिरन लगाउन प्रेरणा दिएको बताउँदै उनले पछिल्लो समय चाडपर्वमा मात्र थारू पहिरन लगाउने गरेको बताइन् । विद्यालयमा अध्ययनरत साथीसँगी मिलेर थारू पोसाक सिलाएको बताइन् ।
‘थारू संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने लागेर थारू पोसाक सिलाएका छौँ,’ उनले भनिन, ‘चाडपर्वका वेला पोसाक लगाएर प्रदर्शन गर्छौँ ।’
सिद्धेश्वर मावि, सिधनवामा कक्षा ११ मा अध्ययनरत मनप्यारी थारू पनि थारू पोसाकमै माघी महोत्सवमा सहभागी भइन । उनले थारू संस्कृति जोगाउन चाडपर्वमा थारू पोसाक लगाउने गरेको बताइन ।
‘पुर्खाको सीप, कला र संस्कृतिको संरक्षण नगरे थारू समुदायको पहिचान हराउन हराउने डर छ,’उनले भनिन् । माघीको अवसर पारेर थारू कल्याणकारिणी सभा दाङले सदरमुकाम घोराहीमा बृहद् माघी महोत्सव आयोजना गरेको छ । भने, दाङकै दंगीशरण गाउँपालिकाले पनि हेकुलीमा दुईदिने माघी महोत्वस आयोजना गरेर हराउँदै गएको थारू संस्कृति र परम्परा जोगाउने प्रयास गरेको छ ।
महोत्सवले थारू संस्कृति संरक्षणमा टेवा पु¥याएको राप्तीसोनारी गाउँपालिका–७ का अध्यक्ष रामलखन थारूले बताए । उनले थारू संस्कृति, भेषभूषा चाडपर्व र महोत्सवमा सीमित भएको बताउँदै उनले थारू भेषभूषा चाडपर्वमा सीमित भइसकेको बताए । ‘युवायुवतीले चाडपर्वबाहेक अन्य समयमा लगाउँदैनन्, बूढापाकाले पनि थारू पहिरन लगाउन छोड्न थालिसकेका छन्,’ उनले भने ।


 

Next Post

नलकटुवा पेस्तोलसहित भारतीय पक्राउ

२९ पुष २०७५, आईतवार १६:०८
सदरलाइनडटकम, बर्दिया : नलकटुवा पेस्तोलसहित बर्दिया प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गएको टोलीले भारतको उत्तरप्रदेशका २० वर्षीय सलमान खानलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेटको ३१ एआर ६८२६ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गर्दा गुलरिया नगरपालिका १० कालाबञ्जरस्थित गडरिया चोकमा खानलाई […]

सम्बन्धित