जवानको २०औ साधारण सभा सुरु

२८ पुष २०७५, शनिबार १८:१६
 

सदरलाइनडटकम, 
नेपालगञ्ज :  नेपाल जडिबुटी व्यवसायी संघको २०औ साधारण सभा तथा अधिवेशनको बन तथा बाताबरण मनत्री शक्ति बहादुर बस्नेतले नेपालगञ्जमा उद्दघाटन गरेका छन् । दुई दिनसम्म सञ्चालन हुने सो अधिवेशनमा नेतृत्व समेत चयन हुने भएको छ ।
उनले सो अवसरमा जडिबुटीको व्यावसायिक खेतीका तथा संरक्षणको लागि सरकारले सबै स्थानीय तहमा हरित उद्यमको विकास गर्ने बताए ।
उनले सयका लागि संभाव्यता अध्ययन गरी कुन स्थानीय तहमा कुन खेती संभव हुन्छ त्यसै अनुरुप हरित उद्यमको विकास गर्ने तथा नीजि जमिनमा पनि बन जन्य उत्पादन गरी व्यावसाय गर्न पाउने गरी नीति बनाउदै गरेको बताए ।
उनले जडिबुटी तथा बन जन्य उत्पादनको व्यवसायमा राज्यले केही कडा नीति नियम निर्माण गरेको कारण व्यवासायीको लगानी तथा व्यावसाय नै जोखिममा रहेको जनगुनासो व्यापक आएपछि केही नीति नियममा संशोधन गरी खुकुलो बनाउन पहल भई सकेको जानकारी दिए ।
उनले साईटिस सहासंधीका कारण नेपाली जडिबुटीको संकलन तथा निकासीमाथि विभिन्न खालको झण्झट भएको गुनासो आए पछि त्यसमा सुधार गर्न पहल भएको बताए । त्यसैगरी जटामसी, झ्याउ जस्ता जडिबुटीको विषयमा पनि मन्त्रालय लचिलो हुने गृहकार्य गरि रहेको जानकारी दिए ।
सो अवसरमा नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणाले नेपाली जडिबुटीको महत्व विश्व बजारमा अधिक रहेको र बजार पनि रहेको अवस्थामा नेपालगन्ज उप–महानगरले जडिबुटीको विकासको लागि औद्योगिकी करणको सहजिकरण गर्न तयार रहेको बताए ।
उनले जडिबुटी त्यतिकै पठाउनु भन्दा स्वदेशमै विदेशी कम्पनीसंग सहकार्य गरेर सेमि तथा पूर्ण प्रोसेसिङ्ग गरेर पठाउन सुझाव दिदै प्रस्ताव आएमा आफु सहयोग गर्न तयार रहेको बताएका थिए ।
सो साधारण सभामा नयाँ कार्यसमितिको चयन हुने छ । जडिबुटी व्यवसायीहरुमा नयाँ नेतृत्व चयन गर्ने उत्साहसंगै व्यवसायीक चुनौतीहरु समाधान कसरी गर्ने भन्ने चिन्ता पनि छ । भारतीय प्लान्ट क्यारेन्टाईनको समस्या थपिएको छ भने ट्रान्जिट परमिट हट्न सकेको छैन ।
जवानका अध्यक्ष तथा पाँच नं. प्रदेश सभा सदस्य मो याकुव अन्सारीको अध्यक्षतामा सम्पन्न उद्दघाटन सत्रमा पूर्व सांसद मैकुलाल बाल्मिकी, नेकपाका नेता अशोक कोइराला, नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दामोदर आचार्य, कृष्णप्रसाद श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेका थिए ।

Next Post

समसानघाट सरसफाई

२८ पुष २०७५, शनिबार १८:१६
सदरलाइनडटकम,   खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका विपद् व्यवस्थापन समितिले मानखोलाको समसानघाट सरसफाई गरेको छ । मानखोलामा दाहसंस्कारका क्रममा मलामीले गरेको विभिन्न किसिमको फोहोर शनिवार सरसफाई गरिएको हो । समितिका संयोजक खजुरा गाउँपालिका कार्यपालिका सदस्य भागीरत सुनारले जथाभावी फालिएका पानीका बोतल, विष्कुटका खोल, प्लाष्टिक र कपडाका कारण वातावरण दूषित […]