सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका विपद् व्यवस्थापन समितिले मानखोलाको समसानघाट सरसफाई गरेको छ । मानखोलामा दाहसंस्कारका क्रममा मलामीले गरेको विभिन्न किसिमको फोहोर शनिवार सरसफाई गरिएको हो ।
समितिका संयोजक खजुरा गाउँपालिका कार्यपालिका सदस्य भागीरत सुनारले जथाभावी फालिएका पानीका बोतल, विष्कुटका खोल, प्लाष्टिक र कपडाका कारण वातावरण दूषित भइरहेकाले सरसफाई गरिएको जानकारी दिए ।
जनप्रतिनिधि तथा केही सरसफाईकर्ताहरु परिचालित भएर मानखोला पुलको उत्तरतर्फ रहेको समसानघाटमा सरसफाई गरिएको हो । समसानघाटबाट संकलन गरिएको फोहोर नजिकै खाडल खनेर बिसर्जन गरिएको संयोजक सुनारले जानकारी दिए ।
