सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक महोत्सव २०७५ ले हेलिकप्टर उडान अनुमती पाएको छ । महोत्सवमा हेलिकप्टरबाट अवलोकन गराउने सम्बन्धमा बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेबाट उडानका लागि अनुमती पाएको हो ।
एजी सर्भिसद्वारा हवाई उडान सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दिएको निबेदनअनुसार अन्य दैनिक उडानलाई बाधा नपुग्ने गरी उडान भर्न स्वीकृती पाएको छ । बिहीवारदेखि शुरू हुने महोत्सवलाई थप आकर्षक बनाउन हेलिकप्टरबाट दर्शकहरुले बाँकेका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गर्नसक्ने भएका छन् । हेलिकप्टरबाट अवलोकन गर्नका लागि तोकिएअनुसारको रकम लाग्ने आयोजकले बताएको छ ।
