लोकतन्त्र र स्थायित्वको लागि लोकतान्त्रिक गठबन्धन : राप्रपा अध्यक्ष थापा

२२ कार्तिक २०७४, बुधबार १८:३०
 

सदरलाइनडटकम    
२२ कात्तिक, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबम उपप्रधान तथा उर्जामन्त्री कमल थापाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको वताएका छन् ।
बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा अध्यक्ष तथा उप–प्रधानमन्त्री थापाले निर्वाचन हुदैन कि भन्ने आंशका कसैले पनि गर्न नहुने भन्दै मंसिर १० र २१ गते हुने निर्वाचनमा उत्साहका साथ मतदान गर्न मतदाताहरुलाई आव्हान गरे ।
नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट बाँकेका प्रदेश र प्रतिनिधिसभामा उम्मेदवार बनेका सबै उम्मेदवार र कार्यकर्तासमेत सहभागी पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष उपप्रधानमन्त्री थापाले बामगठबन्धनका विरुद्ध काँग्रेस र राप्रपाबीचको चुनावी एकता भएको बताए । उनले भने–‘लोकतन्त्र र स्थायीत्वको लागि नेपाली काँग्रेसको नेतृत्वमा राप्रपा र अन्य लोकतन्त्रबादी शक्तिबीच लोकतान्त्रिक गठबन्धन भएको हो यसले मुलुकको आर्थिक विकास र सम्ृद्धिको लागि अपरिहार्य रहेको छ ।’
उनले झापामा मात्र अपवादको रुपमा बामगठबन्धन संग चुनाबी तालमेल गर्नु आफुहरुको बाध्यता रहेको बताउदै बाँके तथा दैलेख लगायतका ठाँउमा काँग्रेससँगको गठबन्धन गरेको बताए । उनले यो गठबन्धन चुनावी एकतासम्मका लागि मात्र नभएर चुनावपछि सम्मको समेत हुने बताए ।
अधिकांश समय बाम गठबन्धनबाट तर्सिए झै उनले पार्टी गठबन्धन हुनु स्वभाविक भएको भएपनि जुन परिस्थितिमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकतासम्मको ध्रविकरण भयो त्यस्ले संयता सिर्जना गरेको छ । उनले भने–‘एमाले माओवादी केन्द्रबीचको चुनावी एकता संगै पार्टी एकता गरीने तथा दुई तिहाई ल्याएर कम्युनिष्ट शासन ल्याउने जस्ता अभिव्यक्ति आउन थालेपछि हामीहरु खासगरी लोकतन्त्रबादी शक्तिहरु शसंकित भएका हौ ।’



उनले लोकतन्त्रको बिकल्प नभएको र कुनैपनि अधिनायक बादले प्रसय नपाउने गरी आगामी मंसिर १० र २१ गतेको आम निर्वाचनमा जनताले फैसला गर्ने बताउदै भने–‘कुनै पनि अधिनायक बादले प्रसय पाउदैन हाम्रो ६० वर्षको अनुभवले त्यहि भन्छ ।’ पत्रकार सम्मेलनमा सहभागी काँग्रेस बाँकेका सभापति किरण कोइरालाले प्रजातन्त्र र लोकतन्त्रका लागि काँग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धन बलियो र एक हुनुपर्ने वताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघिय समाजबादी फोरम नेपालका उम्मेदवार राई भन्छन ‘संमृद्ध बाँकेका लागि मेरो उमेदवारी’

२२ कार्तिक २०७४, बुधबार १८:३०
सदरलाइनडटकम   २२ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि उम्मेदवारहरु चुनाबी प्रचारको अभियानलाई तीब्रता दिएका छन् । यस क्रममा संघीय समाजवादी फोरम नेपाल बाँकेले चुनावी अभियान तीव्र बनाएको जनाएको छ । जिल्लामा कार्यकर्ता तथा मतादाता भेटघाट, संगठन सुदृढिकरण तथा चुनावी क्रियाकलापहरु सुरु गरिएको […]