दैलेखमा फल्यो रुद्राक्ष : बजारबारे अनबिज्ञ स्थानीय

२ पुष २०७६, बुधबार १३:०९
 

सदरलाइनडटकम,
दैलेख  : नेपालको पुर्बी पहाडका जिल्लामा प्रसस्त मात्रामा पाईने रुद्राक्ष दैलेखमा पनि पाईने भएको छ । २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति र जिल्ला बन कार्यालयको समन्वयमा ३ सय बोट परिक्षणका लागि दैलेखमा ल्याएको रुद्राक्ष अहिले लटरम्म फलेको छ ।
तत्कालीन जिल्ला बिकास समितिमा कार्यरत स्थानीय बिकास अधिकारी हरि प्याकुरेले जिल्ला बन र जिबिसको सहयोगमा ३ सय रुद्राक्षको बिरुवा ल्याएर बितरण गरेको रुद्राक्ष फलेपछि स्थानीय दंग भएका छन ।
तत्कालीन स्थानीय विकास अधिकारी हरि प्याकुरेलले पुर्बी पहाडी जिल्लाको भौगोलिक बनावट र हावापानी एउटै भएको पाइएपछि आफुले दैलेखमा रुद्राक्ष लगाउने अभियान चलाएको जानकारी दिदै भने–‘ हावापानी मिल्दोजुल्दो भएपछि एक घर एक रुद्राक्ष लगाउने नाराका साथ थालेको अभियान अहिले सार्थकता देखिएको छ । पुर्वमा रुद्राक्षबाट मासिक एक घरले बार्षिक एक करोड कारोवार गर्ने तर, हामी दैलेखी हेर्ने काम बाहेक अन्य नभएपछि आफुले दैलेखमा रुद्राक्ष लगाउने अभियान सुरु गरेको हो ।’
तत्कालीन गाउँ विकास समितिको कृषि बन तथा बातारण समितिमा छुट्याइएको पैसामा गाबिस सचिवले आफुखुसी चलाउने गरेको बताउदै कृषकले कृषिमा छुट्याइएको बजेट वारे अनबिज्ञ हुने कारण पनि कृषि छुट्याइएको बजेटबाट रुद्राक्षको बिरुवा खरिद गरेर लगाउने निर्णय गरे पनि मुलुक संघिय संरचनामा गएपश्चात उक्त अभियानले सार्थकता पाउन नसेको उनले बताए ।
रुद्राक्ष फलेपछि स्थानीयले त्यसको बजारीकरण कसरी गर्ने भन्ने चिन्तामा रहेको नारायण नगरपालिका वडा ६ का अमृत प्याकुरेलले बताए । ‘एकै बोटामा एक क्वीन्टल भन्दा बढि रुद्राक्ष फलेको छ त्यसको बजारीकरणका बारेमा अनबिज्ञ छौ’– उनले भने ।
नारायण नगरपालिका वडा नः १ का बिरेन्द्र केसीले रुद्राक्ष फलेको भएपनि त्यसको बजारिकरणमा समस्या भएको बताए । ‘पहिला रहरले १५ देखि २० दाना राखेपनि अन्य १ क्वीन्टल जती उत्पादन भएका छन् । हाम्रोमा मात्र होईन अन्यकोमा समेत फलेको छ त्यसको बजारीकरण कसरी गर्ने भन्नेमा अन्यौलता भएको छ’–उनले भने ।
डिभिजन बन कार्यलय दैलेखका प्रमुख मुनबहादुर रावतले रुद्राक्षका लागि दैलेखको हावापानी राम्रो भएको जानकारी दिदै उक्ष्ण तथा शीतोष्ण हावापानी भएको सात सयदेखि एक हजार मिटरसम्मको उचाई र अधिकत्तम ३० देखि ३२ डिग्रि सेल्सीयल तापक्रम भएकोमा रुद्राक्ष राम्रो फल्न्े बताए ।
उनले रुद्राक्ष लगाएको ३ बर्ष देखि फल्न सुरु हुने जानकारी दिदै पुर्बी नेपालका केही जिल्लाहरुमा मात्र यसको सम्भावना भएको भन्दै बेवास्ता गरेको कारण कर्णाली प्रदेशको दैलेखमा रुद्राक्ष नै नलगाउने गरिएकोमा कर्णाली प्रदेशका पहाडी जिल्लाहरुमा यसको पर्याप्त सम्भवना रहेको बिज्ञहरुले बताए पनि सरकारी निकायबाट यसको ब्यबसायिक खेती गर्न कुनै पहल नहुँदा अहिले भने प्रसूत आधार देखापरेको बताए । दैलेखबाट कमल शर्माको सहयोगमा

Next Post

गाडीको ठक्करबाट एकको मृत्यु, एक घाइते

२ पुष २०७६, बुधबार १३:०९
सदरलाइनडटकम, दाङ : नम्बर नखुलेको गाडीले ठक्कर दिंदा दाङमा मटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ६ निवासी २२ वर्षीय शिवराज डाँगीेको मृत्यु भएको हो । डाँगीको बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । मोटरसाइकल […]

सम्बन्धित