‘खजुरा’ सम्मेलन फागुनको पहिलो साता

२४ पुष २०७५, मंगलवार १६:२४
 

सदरलाइनडटकम, 
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले आगामी फागुनको पहिलो साता ‘विकास र समृद्धिका लागि खजुरा सम्मेलन’ गर्ने भएको छ ।
सम्मेलन तयारी समितिका संयोजक भक्तबहादुर केसीको अध्यक्षतामा आज (मंगलवार) बसेको बैठकले २ दिने सम्मेलन फागुन पहिलो सात गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा शिक्षा, स्वास्थ्य, कृषि र पशु, आर्थिक विकास, विकासमा जनसहभागिता, सामाजिक समावेशीकरण, महिला नेतृत्व विकास, पूर्वाधार विकासलगायत विषयमा कार्यपत्र प्रस्तुतपछि टप्पणी र छलफल हुने त्यसले गुरुयोजनामा प्रवेश पाउने सदस्य पूर्णचन्द्र उपाध्यायले जानकारी दिए ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिकाले बनाउन गइरहेको गुरुयोजना निर्माणमा सम्मेलनले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले भने,‘– खजुराको समुन्नत विकासका लागि सम्मेलन गर्न गइरहेका छौं यसले हामीलाई गुरुयोजनामा सहयोग पु¥याउँछ ।’
सदस्य सचिव किरण ढकाल, सदस्य इन्द्रबहादुर थापा, ज्ञानोदय माविका प्रचार्य ऋषिराम सापकोटा, अधिकारकर्मी प्रकाश उपाध्याय, स्वास्थ्य क्षेत्रका जानकार तथा अगुवा धनीराम ओलीलगायतले सम्मेलनलाई परिणाममुखी बनाउनु पर्नेमा जोडदिए ।
सम्मेलनमा देशभित्र तथा विदेशमा रहेका खजुराका अग्रजहरुको पनि सहभागिता हुने जनाइएको छ ।

Next Post

प्याब्सनको आयोजनामा रक्तदान

२४ पुष २०७५, मंगलवार १६:२४
सदरलाइनडटकम, खजुरा (बाँके) : प्याव्सनको २९ औं स्थापना दिवसका अवसरमा बाँकेमा पनि मंगलवार बिभिन्न कार्यक्रम गरिएका छन् । प्याब्सन खजुराको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी बागेश्वरी उपशाखामा चल्दैछ । रक्तदानमा प्याव्सन बाँकेका अध्यक्ष राजेन्द्र आचार्य, ईशाका खजुराका अध्यक्ष सतिश निरौला, उपाध्यक्ष डिबी तामाङ, जानकीका […]

सम्बन्धित