सफाई पाएलगत्तै सहनी काममा फर्किए

२२ पुष २०७५, आईतवार १७:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : भ्रष्टाचारको आरोपमा कार्यालय प्रमुखसहित ११ जना कर्मचारीलाई जेल सजाय हुँदा यातायात ब्यवस्था कार्यालय नेपालगञ्जका शाखा अधिकृत विष्णु सहनीसहित ५ जनाले सफाई पाएका छन् ।
विशेष अदालतबाट सफाई पाएपछि शाखा अधिकृत सहनी आइतवारदेखि हाजिर भएका छन् । सहनिसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालिन प्रहरी निरीक्षक विमल उपाध्याय, यातायात ब्यवस्था कार्यालय नेपालगञ्जका इञ्जिनीयर अर्जुनकुमार चौधरी, शाखा अधिकृत ध्रुव देवकोटा र नासु ओमबहादुर बस्नेतले सफाई पाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख पवन सुवेदीसहित १६ जनाले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले सहनीसहित ५ जनालाई सफाई दिदैं अन्य ११ जनालाई तीन महिना कारावासको सजाय सुनाएको हो ।
सुवेदीलाई आठ हजार र अन्य कर्मचारी जनही ५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । सहनी परीक्षा समितिमा थिएनन् । त्यसदिन उनी आमन्त्रितको रुपमा उपस्थित थिए । यातायात ब्यवस्था विभागले सुरुमा सहनीलाई निर्दोष भन्दै निलम्वन समेत गरेको थिएन् । पछि अख्तियारले सबै कर्मचारीलाई मुद्दा चलाएको हो ।

Next Post

नेपालगञ्जमा आकाशे पुल निर्माण गरिने

२२ पुष २०७५, आईतवार १७:४५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जका सडकमा ट्राफिक जामको समस्या समाधानका लागि आकाशे पुल बनाउने तयारी गरिएको छ । नेपालगञ्जका अति ब्यस्त चौकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले धम्बोझी र विपी चौकमा आकाशे पुल निर्माणका लागि डिपिआरको तयारी भईरहेको जानकारी दिए ।