सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ को हटस्पट बनेको बाँकेको नरैनापुर गाँउपालिकाले शनिबारसम्म कोरोना संक्रमणको दर शुन्यमा झरेको छ । नरैनापुरमा १ सय १८ मा कोरोना संक्रमण देखिएकोमा १ जनाको भने मृत्यु भएको थियो ।
जिल्लाकै कोरोना संक्रमणको रुपमा हटस्पटका रुपमा देखिएको नरैनापुरका सबै संक्रमितहरु कोरोनामुक्त भएर घर फर्केका छन । नरैनापुरका सबै ११७ जनालाई घर फर्काईएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले नरैनापुरका १ सय १७ जना संक्रमितकै रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएको बताए । भारतको महाराष्ट्रमा पुगेका धेरै जना नेपालीहरु लकडाउनके बीचमा धमाधम घर फर्किएपछि नरैनापुरमा कोरोनाको हटस्पट बनेको थियो ।
नरैनापुरमै कार्यरत गुल्मी घर भएका एक प्रहरी समेत गरी १ सय १८ जनामा कोरोना संक्रमण देखिएको थियो । ती मध्ये एकको मृत्यु भएको छ भने अरु संक्रमित सबै उपचारपछि घर फर्किएका छन ।