राम्री बस दुर्घटनाका घाइतेलाई काठमाण्डौ लगियो

७ पुष २०७५, शनिबार १८:४१
 

सदरलाइनडटकम,
कोहलपुर : तुलसीपुर उपमहानगरपालिका–३ राम्री बस दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि शनिवार काठमाण्डौ लगिएको हो ।
घाइते १५ जनामध्ये कोहलपुरमा उपचाररत १२ जनालाई थप उपचारका लागि लगिएको हो । शुक्रवार अपरान्ह करीब ४ बजे विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नं.को बस दुर्घटना भएको थियो । घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बस दुर्घटनामा परेको थियो ।
३८ यात्रु सवार बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, ३ गाडीका कर्मचारी, २ शिक्षक र १ शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ । दुर्घटनामा हालसम्म २३ जनाको मृत्यु भएको भइसकेको छ ।

Next Post

नेपालगञ्जलाई पछि पर्न दिईने छैन : अर्थमन्त्री खतिवडा

७ पुष २०७५, शनिबार १८:४१
सदरलाइनडटकम, नेपालगञ्ज  : संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले नेपालगञ्जमाथि विभेद नगरेको दावी गरेका छन् । उनले शनिबार नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं साधारण सभाको उद्घाटन गर्दै सो दाबी गरेका हुन । अर्थमन्त्री खतिवडाले २०३५ सालमा पहिलो पटक नेपालगन्ज आएको स्मरण गदै भने–‘चालिस वर्षको अवधीमा नेपालगञ्जले निकै ठुलो […]