नेपालगञ्ज सांस्कृतिक महोत्सवको तयारी तीव्र

१९ पुष २०७५, बिहीबार १९:०९
 

सदरलाइनडटकम, 
नेपालगञ्ज  :  एजी सर्भिस प्रालिको आयोजनामा नेपालगञ्जको कारकाँदोको राधाकृष्ण मन्दीर नजिकै ‘नेपालगञ्ज कृषि, पर्यटन, व्यापार तथा बृहत सांस्कृतिक महोत्सव–२०७५’ को तयारी तीब्र पारिएको छ । निजि क्षेत्रबाट पहिलो पटक आयोजना गर्न लागिएको सो महोत्सव आगामी पुस २६ देखि माघ ८ गतेसम्म आयोजना गरिने भएको हो । विहिवार पत्रकार सम्मेलन गरि दिईएको जानकारी अनुसार महोत्सवस्थलको निर्माण कार्यलाई तीब्रता दिदै अन्य कामहरु अन्तिम चरणमा पुर्याएको आयोजकले जनाएको छ ।
आयोजक संस्था एजी सर्भिस प्रालिका अध्यक्ष नन्दबहादुर बुढाले महोत्सवमा स्थानीय कलालाई प्रोत्साहन दिनको लागि खुल्ला नृत्य प्रतियोगिता राखिएको बताए । उनले सो प्रतियोगितामा प्रथम हुनेलाई पुरस्कार नगद पचास हजारसहित म्युजिक भिडियोमा समेत अवसर दिईने जानकारी दिए ।
महोत्सवमा नेपाली गीत संगीत, कला सांस्कृतिक, भाषा पर्यटन, आन्तरिक तथा कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई देशमा रहेका वेरोजगार युवाहरुलाई रोजगार दिने र अव्यवस्थित रुपमा रहेका उत्पादनशिल जग्गा जमिनलाई उपयोगमा ल्याई अर्गानिक कृषि बस्तु उत्पादन गरिने महोत्सवको मुख्य उद्देश्य रहेको संयोजक बुढाले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय कलाकार, विराज भट्ट, निखिल उप्रेती, ज्योति मगर, चन्द्र शर्मा, सम्झना लामिछाने, यश कुमार, शान्ति श्री परियार, दुर्गेश थापा, टंक तिमिल्सिना, सरस्वती लामा, गोपाल नेपाल जिएम, प्रमोद खरेल, करिश्मा ढकाल, अञ्जली अधिकारी सुमन गिरी लगायत स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजक टिमले जानकारी गराएको छ ।
महोत्सवलाई थप आकर्षक बनाउन हेलिकप्टरको समेत प्रयोग गरिने भएको छ । महोत्सवमा आउने दर्शकहरुले हेलिकप्टरमा बसि बाँके जिल्लाका विभिन्न पर्यटकिय स्थलहरुको अवलोकन गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महोत्सव टिमका संयोजक बुढाले दुई किसिमको टिकट ५० रुपैया सर्वसाधारणको लागि र विद्यार्थीका लागि ४० रुपैया टिकट दररेट राखिएको महोत्सवमा ३ सय बढि स्टल रहने छन । महोत्सव अवधिभर १ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

Next Post

नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको तयारी सकियो

१९ पुष २०७५, बिहीबार १९:०९
सदरलाइनडटकम,  नेपालगञ्ज : शुक्रबार २० गतेदेखि नेपालगञ्जमा सुरु हुने नेपाल इन्डिपेन्डेन्ट फिल्म फेस्टिवलको (निफ) को दोस्रो संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ । अन्तराल र भ्रष्टचार विरुद्ध कार्यरत संस्था बासको संयुक्त आयोजनामा हुने सो फेस्टिवलमा चर्चित र गहन विषयका २१ वटा फिल्म तथा डकुमेन्ट्रीहरु प्रदर्शन गरिने फेस्टिबलका निर्देशक प्रदीप […]