सदरलाइनडटकम
२ जेठ, नेपालगन्ज : संघीय समाजबादी फोरम नेपाल जिल्ला कार्य समिति बाँकेले दोस्रो चरणको चुनावी अभियान नेपालगन्जबाट सुरु गर्ने भएको छ । मंगलबार पार्टीले नेपालगन्जको त्रिभुवनचोक पूर्व रानीतलाउ नजिकै खुला सभाको आयोजना गर्ने तयारी गरेको सो पार्टीका बाँके सचिव बदरुद् दूजा खाँले जनाएका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष अशोक राईलगायतका पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा नेपाली काँग्रेसका पूर्व सांसद मेराज अहमदको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रम समेत रहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।
पूर्व संसद बाँकेको निर्वाचन क्षेत्र नं.२ मा राम्रो पकड भएका नेताहुन । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मुखमा संघीय समाजबादी फोरम प्रवेश गर्दा नेपाली काँग्रेसलाई केही नोक्सानी हुनेछ ।
पार्टी निकट स्रोतले भन्यो–‘बाँकेको राजनीतिमा राम्रो प्रभाव भएका नयाँ तथा पुराना नेताहरु ठूलो संख्यामा पार्टी प्रवेश गर्नुहुने छ । त्यसमा काँग्रेस, एमाले, माओवादी र राप्रपालाई झड्का लाग्न सक्छ ।’