बुटवलमा उपचाररत एक संक्रमितको मृत्यु

३१ श्रावण २०७७, शनिबार १४:५६
 

सदरलाइनडटकम,
बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको शनिवार बिहान मृत्यु भएको छ । तीन दिनअघि अस्पताल भर्ना भएका ४२ वर्षीय ती पुरुषको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार ती बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पुनः गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ ।

Next Post

बाँकेमा शनिवार थपिए १० कोरोना संक्रमित

३१ श्रावण २०७७, शनिबार १४:५६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा शनिवार १० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाँकेका १० जना संक्रमित थपिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठलाई उद्धृत गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पछिल्लो २४ घण्टामा चारसय ७० नमूना […]

सम्बन्धित