बाँकेमा दैनिक उपभोग्य बस्तु किन्ने समय बढाइयो

सदरलाइन संवाददाता १० जेष्ठ २०७८, सोमबार १६:४८
 

नेपालगञ्ज : बाँकेमा दैनिक उपभोग्य बस्तु खरिदका लागि समय बढाइएको छ । यसअघिको समयमा केही हेरफेर पनि गरिएको छ ।

बैशाख १३ गतेदेखि जारी निषेधाज्ञामा यसअघि विहान ६ बजेदेखि ९ बजेसम्म पसल संचालन गर्न दिइएकोमा अब विहान ७ बजेदेखि ११ बजेसम्मको समय दिइएको छ ।


आजदेखि थप एक साता बढाइएको निषेधाज्ञामा यो समय लागू हुनेछ । खेतीपातीको समय शुरु भएकाले विउविजन, विषादी र कृषि यन्त्र पाइने पसल पनि अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई संचालन गर्न पाइनेछ । निषेधाज्ञा जेठ १७ गते राति १२ बजेसम्म कायम रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीको आइसोलेसनलाई सहयोग

१० जेष्ठ २०७८, सोमबार १६:४८
राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५ मा बन्दै गरेको आइसोलेसनका लागि सहयोग गरिएको छ । वडाका कोभिड संक्रमितलाई राख्न बन्दै गरेको आइसोलेसनका लागि विभिन्न संघसंस्था एवं व्यक्तिहरुले सहयोग गरेका छन् । राप्तीसोनारी ५ रिहार डाँडास्थित अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आज वडाध्यक्ष झग्रु थारुलाई १० हजार […]

सम्बन्धित

ताजा अपडेट