कैलालीमा सडक दुर्घटनामा तीन जनाको मृत्यु

१७ मंसिर २०७५, सोमबार १५:५९
 

सदरलाइनडटकम,
कैलाली : कैलालीको टीकापुर नगरपालिकामा आइतवार राति भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नं. ७ खैरीपुरमा मोटरसाइकल र बैलगाडा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
यस्तै टीकापुर नगरपालिका–२ बन्दीपुरमा रोकेर राखेको ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरी वलीले जानकारी दिए । बैलगाडामा रहेका एकजना गम्भिर घाइते छन् ।
दुर्घटनामा मोटरसाइकलमा रहेका टीकापुर नगरपालिका– ७ बैदीका ३७ वर्षीय जिवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमालको मृत्यु भएको छ । उनीहरुको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बैलगाडामा बसेका १८ वर्षीय पवन पाण्डे घाइते भएको छन् ।
पाण्डेको कोहलपुरमा उपचार भइरहेको छ । आइतवार राति ट्रयाक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका ४ का २४ वर्षीय आशिष चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो । दुर्घटनमा २३ वर्षीय महेन्द्र चौधरी घाइते भएका छन् ।


Next Post

राप्ती नदि तटबन्धका लागि एडिबीले लगानी गर्ने

१७ मंसिर २०७५, सोमबार १५:५९
सदरलाइनडटकम, दाङ : राप्ती नदि तटवन्ध गर्न जलस्रोत तथा सिंचाई विभागअन्तर्गत रहेको डब्लुआर पिपिएफ परियोजना र एशियाली विकास बैंकबीच राप्ती नदी तटबन्ध गर्न सम्झौता भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको बिशेष पहलमा एक अरबको बजेट बाँके र दाङमा राप्ती नदि तटबन्ध गर्न एशियाली विकास बैंकबीच सम्झौता भएको […]