सदरलाइनडटकम,
डडेल्धुरा : डडेल्धुराको सदरमुकाममा आगलागी हुँदा २० लाखभन्दा बढी क्षति भएको छ । शुक्रवार राति करीब ९ बजे बागबजारमा आगलागी भएको थियो ।
बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुदाँ अन्दाजी २० लाख भन्दा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ । क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर केसीले बताए ।
यसअघि पनि आगलागी भएको उक्त पसलमा अचानक विद्युत् शर्ट हुँदा आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । आगलागी नियन्त्रणका लागि अमरगढी नगरपालिकाको दमकलको प्रयोग गरिएको थियो ।
